OnlinePana

आज : २०८२ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १३, २०८२
२७ पटक

नेत्र शाही ,जुम्ला,

जेठ १२ गते । प्रयाप्त बालबिवाहले समस्या पारिरहेको कर्णालीको जुम्लामा न्यूनिकरणका गतिविधिहरु बढेका छ्न । स्थानीय सरकारको अगुवाईमा यहाँ बस्ति तथा वडामा बालबिबाह विरुद्धको सचेतना जगाउदै, निति बनाउदै न्यूनिकरणमा लागेका हुन् ।

सोही सिलसिलामा जुम्लाको हिमा गाउँपालिका बालबिवाह मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले एक भब्य कार्यक्रम गरि बालबिवाह मुक्त गाउँपालिका घोषणा भएको हो । गाउँपालिकाले ७ वटै वडा वालविवाह मुक्त गरिसकेपछि गाउँपालिका घोषणा गरिएको छ ।

संघीय सरकारका महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडिले गाउँपालिकालाई एक कार्यक्रमका विचमा वालविवाह घोषणा गर्नुभयो । गाउँपालिकाले आधारभुत मापदण्ड पारगर्दै आईतबार वालविवाहमुक्त घोषणा गर्न सफल भएको छ । हिमा गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख राज्यलक्ष्मी रावलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा हिमा गाउँपालिकालाई नेपाल सरकारको राष्ट्यि रणनिति २०७२ तथा वालविवाहमुक्त सर्वेक्षण तथा रणनिति २०७९ अनुसार वालविवाह मुक्त गरिएको जानकारी दिनुभयोे ।

उहाँका अनुसार वालविवाहको स्थिति चुनौति रहेको थियो । आ.व. ०८०।०८१ १३२ जनाले विवाह गरेकोमा विवाह भएकोमा शत प्रतिशत उमेर पुगेका जोडि छन् । हिमा गाउँपालिकाको एक नम्बरमा १८ वटा, वडा २ मा २७ वटा, वडा नम्बर ३ मा २२ वटा, वडा नम्बर ४ मा १८ वटा, वडा नम्बर ५ मा १२ वटा, वडा नम्बर ६ मा २२ वटा र वडा नम्बर ७ मा २३ गरि जम्मा १३२ जोडिले विवाह गरेकोमा उमेर पुगेर विवाह भएको तथ्यांक छ । उहाँका अनुसार गाउँपालिकाको अथक समन्वय तथा साझेदार संस्था प्लान नेपाल, पेस नेपालको सहयोगमा गाउँपालिकाले वालविवाह अन्त्य गरेको हो । हिमा गाउँपालिकाले काम गरेको सूचक अनुसार मापदण्ड पुगेपछि बालबिवाह मुक्त गर्ने कर्णाली प्रदेशकै पहिलो गाउँपालिका भएको छ ।

घोषणा कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडिले गाउँपालिकालाई बालबिबाहबाट टाढा बनाएर घोषणा समेत गर्न सफल भएकोमा वधाई तथा शुभकामना दिनुभयो । घोषणा कार्यक्रममा कर्णालीलाई पहिले दण्ड दिएको प्रदेश र ठाउँ भन्ने गरेको पाईन्थ्यो तर विकासको गति हेर्दा त्यस्तो नभई सम्भावना भएको प्रदेशको हो । मन्त्री यादवले हिमा गाउँपालिकालाई पूर्ण वालविवाह मुक्त गर्नका लागि आवश्यक बजेट समेत व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मानवीय जीपन सँग जोडिएको कुरा बालबिवाह भएकाले गाउँपालिकाले यो कामलाई प्रथामिकतामा राखेको बताउनुभयो । उहाँले हिमा गाउँपालिकालाई बालबिबाह मुक्त गाउँपालिका घोषणा गर्नका लागि सहयोग गर्ने सवै गाउँपालिकावासी, सरोकारवाला निकाय र साझेदार संस्थालाई धन्यवाद दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका यूवा नेता तथा गाउँपालिका अध्यक्षका प्रत्यासी अमरजंग शाहीले बालविवाह मुक्त लगायतका राम्रा कामका लागि स्थानीय सरकारकालाई धन्यबाद ज्ञापन गर्नुभयो ।

उहाँले हिमा गाउँपालिकाको विकासका लागि आफु र पार्टीले गर्ने काममा पछाडि नपर्नेमा जोड दिनुभयो । घोषणा कार्यक्रम स्थल रुपाकोट आधारभुत विद्यालयका प्रधानाध्यापक शान्ति शाहीले सरकारले भौतिक विकासलाई मात्रै नभई मानवीय विकासलाई प्रथामिकता दिनुपर्ने लक्ष्य अनुसार बालबिवाह मुक्त अभियानले बालबालिकाको भविश्य र जीवनमा सकारात्मक भएको बताउदै धन्यवाद ज्ञापन गर्नुभयो । घोषणा कार्यक्रममा स्थानीय देउडा सहितका विभिन्न सास्कृतिक नाच गरिएका थिए भने स्थानीय पञ्चेबाजाबाट नाँचगान गरि उत्साह मनाईएको छ । यसैगरी बालबिवाह मुक्त गाउँपालिका घोषणापत्रमा मन्त्री शाह सहित सरोकारवाला र स्थानीयले हस्ताक्षर गरेर प्रतिवद्धता समेत जनाएका छन् ।

क्याप्सन ः जुम्लाको हिमा गाउँपालिका बालबिवाह मुक्त गाउँपालिका घोषणा तस्बिर नेत्र शाही÷जुम्ला ।

प्रतिकृया दिनुहोस्