
जुम्ला, जेठ ८ गते । यार्सा संकलनका लागि डोल्पा पाटनमा गएका जुम्लाका एक युवकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका–१ मणिसाँघुका भीमबहादुर बोहराको बुधबार लेक लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका–१ जगदुल्ला मध्यवर्ती पाटनमा गएका बेला उहाँलाई लेक लागेको प्रारम्भिक खबर आएको छ । लेक लागेर बिरामी भएका भीमबहादुरलाई घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकमा बाटोमै मृत्यु भएको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविन बावु रेग्मीका अनुसार आफन्तले दिएको जानकारी अनुसार बोहराको मृत्यू भएको छ, तर के कसरी घटना भएको हो । प्रहरीको टिम त्यहाँ पुगेपछि थाहाँ हुन्छ । घटना थाहाँ पाएपछि उहाँले प्रहरी निरीक्षक रोहित रसाईलीे सहितको टिम त्यहाँ गईरहेको छ । केही समयमा टोली त्यहाँ पुगेपछि थाहा हुन्छ ।
स्थानीयका अनुसार बोहरालाई बुधबार दिउँसो २ बजे लेक लागेको थियो । उपचारका लागि घर ल्याउने क्रममा उहाँको मृत्यु भएको हो । डोल्पा पाटन यार्सा संकलनका लागि जेठ ५ गते नै खुलेको थियो । यार्सा संकलनका लागि पातारासी गाउँपालिका र गुठिचौर जुम्लाका अधिकांश युवा अहिले पाटनतिर लागेका छन् ।