OnlinePana

आज : २०८२ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १३, २०८२
७२ पटक

जुम्ला, वैशाख १३ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गाडिले ठक्कर दिएर ज्यान गुमाएका जुम्ला हिमा गाउँपालिका ४ निवासी कालिबहादुर वुढाका आफन्तले दोषिलाई कारवाही तथा उचित क्षेतिपुर्तिको माग गर्दै निरन्तर आन्दोलनमा छन् ।

उनिहरुले वुढालाई निर्मम तरिकाले मारिएको घटनामा गाडि साहु र सरोकारवाला निकायले पिडितलाई कुनै सरोकार नराखेको, उचित क्षेतिपुर्ति तथा न्यायका लागि भन्दै जुम्लावासीहरु आन्दोलनमा उत्रिएका हुन् । उनिहरूले जुम्ला र कालिकोटको सिमामा रहेको नाग्म बजारमा दोषीलाई कारवाही गर, उचित क्षेतिपुर्ति दे भन्दै नारा सहित टायर वालेर शुक्रवार देखि थप आन्दोलन चर्काएका छन् ।

मृतक वुढाका आफन्त र जुम्लावासीले सुर्खेतमा समेत आन्दोलन गरेका छन् । सुर्खेतको यरीचोकमा समेत नारावाजी तथा आगोवालेर सड्क बन्द गरेका हुन । मान्छे मारिएको बिषयलाई सामान्य ठानेर ध्यान नदिएको भन्दै आन्दोलन संघार्ष समिति समेत वनाईएको छ । घटनाको न्याय र उचित राहातका लागि जुम्ला हिमा गाउँपालिका निवासी छत्रबहादुर शाहीको संयोकत्वमा आन्दोलन संघर्ष समिति गठन गरेर आन्दोलन अगाडि बढाईएको छ ।

गत वैशाख ७ गते विहान कर्णाली राजमार्ग अन्तरगत सुर्खेत रेडियो नेपाल नजिकै मध्य पश्चिम यातायात प्रा.ली.को कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडिले ठक्कर दिएर ज्यान गएर हिमा गाउापािलका १ निवासी कालीबहादुर बुढाको ज्यान गएको थियो । ‘समितिवालाको तर्फबाट कानुन बमोजिम गर्नुपर्ने कुरामा हामीले समन्वय गरेको उहाँ बताउनु हुन्छ । आन्दोलन संर्ष समितिका संयोजक शाही पीडित परिवारको माग बमोजिम क्षतिपूर्ति पाउनुपर्ने बताउनु हुन्छ । उहाँका अनुसार यो घटना र घटना पछि ‘मध्यपश्चिम यातायात प्रालिको दादागिरी हो, यस्ता घटना नदोहोरियोस् भन्ने पनि रहेको उहाँ बताउनु हुन्छ । यदि माग अनुसार सम्बोधन नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने शाहीले बताउनुभयो ।

यता प्रहरीका अनुसार गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर १, का २४ वर्षीय तेज थामी मगरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले बताउनु भयो ।

गृहमन्त्रीलाई ध्यानाकर्षण गराईयो :

घटना निर्मम भएकाले पिडितलाई न्याय दिन तथा उचित क्षेतिपुर्तिको मागका लागि माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले गृहमन्त्री लेखकलाई ज्ञापन पत्र वुझाएर ध्यानाकर्षण गर्नु भएको छ । उहाँले लिखित रुपमा कालिबहादुर बुढाको घटनाका दोषीलाई कारवाही गर्न तथा उचित क्षेतिपुर्तिका लागि ध्यानाकर्षण गरिएको बताउनुभयो ।

यता पिडितलाई उचित न्याय र क्षेतिपुर्ति दिन भन्दै हिमा गाउँपालिका जुम्लाले प्रेस विज्ञेप्ति जारी गरेर माग गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जारी गरेको विज्ञेप्तिमा पिडितलाई न्याय उचित क्षेतिपुर्ति दिन माग गरेको छ ।  यसका साथै घटनाका विषयामा कर्णालीका ३ ठूला राजनैतिकदलहरुले विज्ञेप्ति जारी गरेर कालिबहादुर वुढाको घटना निर्मता पूर्वक हत्या भएको बताएका छन् । नेपाली कांग्रेस कर्णालीका सभापति ललितजंग शाही, नेकपा माओवादी केन्द कर्णालीका अध्यक्ष विमला केसी र नेकपा एमाले कर्णालीका उपाध्यक्ष टेकराज पछाईले संयूक्त विज्ञेप्ति जारी गर्दै घटनाको दोषीलाई कारवाही तथा परिवारलाई उचित क्षेतिपुर्ति दिन ध्यानाकर्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्