OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १०, २०८१
३०२ पटक

११ चैत २०८१, सोमबार

सुर्खेत: नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा प्रतीक ईच्छुक शर्मा (सल्यान) पुनःनिर्वाचित हुनुभएको छ ।

प्रेस सेन्टर नेपालको सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा शर्मा पुनःनिर्वाचित हुनुभएको हो । त्यस्तै खुला उपाध्यक्षमा धर्मराज जिसी (सुर्खेत), समावेशी उपाध्यक्षमा उपेन्द्रप्रसाद न्यौपाने (जुम्ला), महिला उपाध्यक्षमा तुलसा रोका (रुकुमपश्चिम), महासचिवमा अशोककुमार सिंह (कालीकोट), सचिवमा तिलकराज वली (सल्यान), नरजन तामाङ (हुम्ला), जुनाकुमारी रावत (जाजरकोट), प्रिमाकुमारी विश्वकर्मा र तुलाराज चौलागाई (कालीकोट) निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा कृष्ण शर्मा (दैलख) र लेखा समिति संयोजक प्रचण्ड खत्री निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा गोविन्द विश्वकर्मा, कल्पना रावत, बिक्रम तिरुवा, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्