OnlinePana

आज : २०८१ फागुन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २७, २०८१
८ पटक

२७ फागुन २०८१, मंगलबार

सुर्खेतः कर्णाली प्रदेशबाट अखिल (क्रान्तिकारी)को तर्फबाट हालसम्म त्रिभुवन विश्वविद्यालय अन्तरगत नौ क्याम्पसको स्ववियु निर्वाचनमा सभापति निर्विरोध निर्वाचित भएका छन् ।

सभापति जित्नेहरुमा शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिमबाट प्रकाश डाङ्गी सिंजा बहुमुखी क्याम्पस जुम्लाबाट सन्तोष आचार्य, राडीज्यूला शिक्षा क्याम्पस, राडीज्यूला रुकुम पश्चिमबाट सुप्रिम ओली गलुवा क्याम्पस हुम्लाबाट रिमिलाल बुढा, बनगाढ क्याम्पस, सल्यानबाट जीवन विष्ट र सिम्रुत क्याम्पस त्रिवेणी, रुकुम पश्चिमबाट दिपेन्द्र ओली हुनुहुन्छ ।

त्यसैगरी, सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिमबाट बीरभान भण्डारी, लिकु संयुक्त क्याम्पस, डोल्पाबाट राजेन्द्र गिरी, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिमबाट टेकराज विश्वकर्मा सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कर्णाली बाहेक अन्य प्रदेशमा तीनपाटन ब. क्याम्पस, सिन्धुलीका दुर्गा बहादुर श्रेष्ठ, जुगल ब क्याम्पस, सिन्धुपाल्चोकका सुस्मिता श्रेष्ठ, सहयोगी बहुमुखी क्याम्पस, काठमाडौका प्रदीप श्रेष्ठ, नेत्रावती बहुमुखी क्याम्पस धादिङका अभिषेक थपलिया, शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङका बम धामी सभापतिमा निर्वाचित हुनुभएको छ ।

सिम्रुत क्याम्पस, दार्चुलाका जानकी टमटा, श्रीकृष्ण क्याम्पस, धादिङका सविन श्रेष्ठ संजिवनी क्याम्पस, काभ्रेका दिपक रानामगर, प्रभा बहुमुखी क्याम्पस, काभ्रेका सुजन चौलागाई, आदर्श जनता क्याम्पस, सर्लाहीका रेवेन्द्र दाहाल, रोल्पा नमुना क्याम्पस, ओनसरी घर्तीमगर र सिद्दीपृथ्वी जनता क्याम्पस, दाङका सुदीप चौधरी सभापतिमा निर्वाचित भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्