OnlinePana

आज : २०८१ चैत्र १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ९, २०८१
४३ पटक

८ फागुन २०८१, शुक्रबार
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठूला दलको सरकार हुँदा पनि देशमा सुशासन नभएको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि मिलेर सरकार बनाएका दलहरुबाट यस्तो हुनु अनपेक्षित भएको बताउनुभयो । त्यसमा पनि वर्तमान सरकारले अध्यादेश ल्याएर झनै गलत गरेको उहाँको टिप्पणी थियो ।

उहाँले विगतमा ल्याइएका अध्यादेशदेखि वर्तमान सरकारले ल्याएको अध्यादेशका विषयमा आफूले विरोध गर्दै आएको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले भन्नुभयो, “जतिबेला हामी सरकारमा थिएनौं । हाम्रो सभापतिले अध्यादेशको विरोध गर्नुभयो र मैले सभापतिले ठीक कुरा गर्नुभयो भने र अहिले सरकारमा हुँदा पनि अध्यादेशको विरोध गरेको छु । संसद छँदै जथाभावी अध्यादेश ल्याउन राम्रो होइन ।”

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले गलत गर्दै छन् भनेर खबरदारी गर्नुपर्नेमा समेत उहाँले जोड दिँदै उहाँले सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रको विरोध गर्नुभयो । दुई ठूला दल मिल्दा निरंकुश हुन्छ भन्नु स्वभाविकै रहेको जनाउँदै नेता कोइरालाले पार्टी वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताउनुभयो । उहाँले विसं.२०८४ को चुनावपछि कांग्रेस पार्टीको अधिवेशन भए त्यसले ठूलो क्षति हुने चेतावनी दिँदै समयमै पार्टीको चुनाव गर्नुपर्ने सुझाव दिनुभयो ।

नेता कोइरालाले सत्तामा काँग्रेस भएपनि थाहा नपाउने गरी भित्रभित्रै देश एमालेकरण हुन लागेको औंल्याउँदै सबैलाई सचेत हुन भन्नुभयो । अहिले मुलुकका मुख्यमुख्य पदहरुमा एमालेका मान्छेहरु भरेर देशलाई एमालेकरण गर्ने प्रयास भइरहेकाले आरोप लगाउँदै त्यसलाई समयमै रोक्न कांग्रेसीजनले तयार हुनुपर्ने उहाँको भनाई थियो ।

त्यसैगरी, सत्ता गठबन्धबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएको । सरकार सुशासनका साथै आर्थिक अवस्थामा कमजोर भएको र यतिबेला नै अमेरिकाले नेपाललाई सहयोग रोक्नु पनि वर्तमान सरकारको कार्यसम्पादन अपेक्षाकृत छैन भन्ने सूचक भएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्