OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७७ सुर्खेत
११७३ पटक

सुर्खेत, ११ जेठ २०७७ मंगलबार

कर्णाली प्रदेशमा कोरोना संक्रमित हुने नागरिकको संख्या ११ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या थपा ७ पुगेको पुष्टि गरेको छ ।

भेरी अञ्चल अस्पताल बाँके, नेपालगञ्जमा आरटी पिसिआर परीक्षण गरिएका दैलेख नारायण नगरपालिकाका १५, १८ वर्ष र डुंगेश्वर गाउँपालिका २७, २९ वर्षका पुरुष र २५ वर्षीय एक महिलामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा आरटी परीक्षण गरिएका दैलेख गुराँस गाउँपालिकाका २४ र ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । महाशाखा प्रमुख तिवारीका अनुसार यस अघि जेठ ५ गते दैलेख आठबिस नगरपालिकाका ३५ वर्षीय पुरुष र जेठ १० गते सुर्खेत पश्चिमका बराहताल गाउँपालिकाका दुई र चौकुने गाउँपालिकाका एक जनामा कोराना संक्रमण पुष्टि भएको थियो ।

यसअ अघिका कोरोना संक्रमित चार जनालाई प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा राखिएको छ । यो २४ घण्टाभित्र पुष्टिका सात जनालाई दैलेखको जिल्ला अस्पतालमा निर्माण भएको आईसोलेसनमा राख्ने तयारी भईरहेको र संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिकृया दिनुहोस्