जुम्ला,खलंगा पुस ५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका आन्दोलित स्थायी शिक्षक तथा कर्मचारीले आन्दोलन स्थागित गरेका छन । उनीहरुका अनुसार प्रतिष्ठानका उपकुलपती मंगल रावलले गरेको लिखित प्रतिबद्धताका आधारमा आन्दोलन स्थागित गरेको पत्रकार भेटघाट मार्फत जानकारी दिईएको छ । उहाँहरुको लामो समय देखी बढुवा,स्थायी कर्मचारीलाई स्तरोन्नतिमा नभएको भन्दै ५८ जना शिक्षक र कर्मचारी ३२ दिन देखि आन्दोलित भएका थिए । बिहिवार प्रतिष्ठानका आन्दोलित कर्मचारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार भेटघाटबाट आन्दोलनका कार्यक्रम केही समयको लागी स्थागित गरेको भन्दै शैक्षिक भवनमा लगाएको ताला खुलेको छ ।
प्रतिष्ठानले गत मंसिर २८ गते लोकसेवा आयोग सँग परामर्श गरेर आन्तरिक फाईल बढुमा ५८ कर्मचारी मध्य अन्य समेटिएका र ५ जना नसमेटिएको भन्दै आन्दोलन जारी थियो । तर उपकुलपतिले ५ जनालाई समेत समेटने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको छ ।
स्थायी कर्मचारीले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको सम्बन्धमा प्रतिष्ठानमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारी उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट मिति २०८१ भाद्र २६ गते कर्मचारीहरुको पक्षमा भएको फैसला कार्यान्वयन नभए पश्चात मिति २०८१ कार्तिक २६ गते देखी निर्धारण गरिएका दवाव मुलक कार्यक्रम मिति २०८१ कार्तिक २७ गते दिउसो ३ बजे पदाधिकारी र कर्मचारीहरु विच भएको दुई पक्षीय वार्तावाट २८ जना शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषदले स्तरवृद्धि गर्ने निर्णय गरी अनुमोदनका लागि सभामा पेश गर्ने निर्णय भए बमोजिम मिति २०८१ कार्तिक २८ गते प्रतिष्ठानका कूलपति तथा प्रधानमन्त्रीज्यूको अध्यक्षतामा सम्पन्न भएको सभा बैठकवाट सो निर्णय अनुमोदन भई सक्दा समेत प्रतिष्ठानका उपकूलपति गम्भिर नभई नियतवस सभाबाट अनुमोदन भईसकेको निर्णय कार्यान्वयन गर्न आलटाल गरेकाले मिति २०८१ मंसिर ३ गतेबाट प्रतिष्ठानको शैक्षिक भवन, पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरी आन्दोलनका कार्यक्रमहरु शुरु गरिएको थियो ।
विज्ञेप्तिमा मिति २०८१ मंसिर १७ गते २०८१ मंसिर २८ गतेका दिन गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापनको सूचना र त्यस सूचनामा छुट भएका पदहरुको सम्वन्धमा मिति २०८१ पुष ४ गते प्राप्त पत्रानुसार आन्दोलन स्थगित गरेका छन् । कर्मचारीले यस आन्दोलनका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद दिएका छन् ।
करार कर्मचारी आन्दोलित :
यसैगरी मंशिर २८ गते नै गोरखापत्र दैनिकमा प्रतिष्ठानले स्थायीका लागि अधिकांश खुला प्रतिष्पर्धा हुनेगरि विज्ञापन खुलाएको छ । सो विज्ञापन लामो समय देखी काम गरिरेहका परीक्षा प्रणालीबाटै काम गरिरहेका भन्दै करार र ज्यालादारी कर्मचारी आन्दोलित भएका छन् । कर्मचारुले पत्रकार भेटघाट गरि
सिनियर मेडिकल अफिसर नवौ तह २ जना, रेडियो ग्राफर छैटौ तह १ जना, सिनियर स्टाफनर्स छैटौ तह नर्सिङ १ जना वाहेक अरु सवै खुला प्रतिष्पर्धाबाट विज्ञापन खुलाईएको छ । करार कर्मचारीले आन्तरिक प्रतिष्पर्धाबाट नभएमा आन्दोलन गर्ने तयारी चेतावनी दिएका छन् ।
क्याप्सन ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनबाट पत्रकार भेटघाट तस्बिर नेत्र शाही ÷जुम्ला ।