OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २५, २०८१
१६४ पटक

 

 

२५ कार्तिक २०८१, आईतबार

कर्णाली प्रदेश सरकारले तोकिएको समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई ठेक्का सम्झौता अन्त्य गर्ने चेतावनी दिएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश संग्राहलय तथा अभिलेखालयको भवन निर्माणका लागि मिति २०७७÷१०÷१२ गते ठेक्का सम्झौता गरी म्याद थपेर पनि कार्य सम्पन्न नगर्ने श्री अनिवार्य विल्डर्स महाराजगञ्ज ३ काठमाडौंलाई ठेक्का अन्त्य गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “संग्राहलयको भवन निर्माण कार्य सम्पन्न गर्न बारम्बार मौखिक तथा लिखित ताकेता भएकोमा ठेक्का सम्झौता बमोजिमका काम नगरी अलपत्र छाडेको अवस्था छ । ठेक्काको म्याद थप भएपनि समयमा निर्माण कार्य सम्पन्न गर्नेतर्फ निर्माण व्यवसायीबाट कुनै चासो नदेखाएको÷प्रयास नगरेको देखिएकोले सार्वजनिक खरिद ऐन २०६३ (संशोधनसमेत) दफा ५९ तथा सार्वजनिक खर्च नियमावली २०६४ (संशोधनसमेत) को नियम १२८ को उपनियम (२) को खण्ड (घ) बमोजिम ठेक्का सम्झौता किन नतोड्ने ? तोड्नु नपर्ने कुनै मनासिव कारण भएमा पन्ध दिनभित्र विश्वसनीय स्पष्टीकरणसहित कार्यालयमा स्वयं उपस्थित हुन अनुरोध छ ।”

अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताका सर्तहरु प्रचलित ऐन, नियम, कानून बमोजिम ठेक्का तोडी कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने तथा नियमानुसार कार्य सम्पादन जमानत तथा धरौटी वापतको रकम जफत गर्नुका साथै बाँकी कार्य लाग्ने खर्च सरकारी बाँकी सरह मानी असुल उपर गर्नेतर्फ कारवाही अघि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्