OnlinePana

आज : २०८१ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
काेरपाटी,कार्तिक १५, २०८१जुम्ला,
१५२ पटक

कार्तिक १५ गते, जिल्लाका सरकारी गैरसरकारी कार्यालयको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।०८१ सालको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

समिक्षामा प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले जुम्लाका स्थानीय तह प्रमुखलाई साँढेको संज्ञा दिएका छन् । जिल्लाको बार्षिक समिक्षामा नआएको भन्दै अव स्ट्रोङ्ली जान जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यलाई निर्देशन दिएका हुन् । सांसद शाहीले तपाई स्ट्रोङ्ली नगए म जाने बताए । सांसद शाहीले जिल्ला समन्वय प्रमुखलाई सोध्दै भने चारदिन अगाडि जिल्ला छोडेका पालिका प्रमुख छन् भने कारण खोज्नुहोस भन्दै निर्देशन समेत दिएका छन् ।
सांसद शाहीले वुधवार जिल्ला समन्वय समितिको समिक्षामा वोल्दै थपे, का छन् गाउँपालिका प्रमुख ? कसैको वाउको मर्जि हो यो ? उनले जिल्लाको बार्षिक समिक्षामा आक्रोस पोखेका छन् । बार्षिक समिक्षा कार्यक्रममा समन्वयले पत्रचार गरेको हैन भने भयो, नत्र आफु उनले पहिला त जिल्ला विकास समिति थियो अहिले नाम पनि भन्न आउदैन तातो नछारो भएको समेत बताए । समिक्षामा चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्का भने उपस्थित हुनुहुन्थ्यो ।
उनले सरकारी कर्मचारी समिक्षामा नआउनु कसैको वाहुवाजेको मर्जी हो यो, म आउदिन भन्ने भन्दै चेतावनी समेत दिएका छन् । यता जिल्ला समन्वय समितिले भने पत्राचार गरेको बताएको छ । प्रमुख आचार्यले सवैको मेलमा पत्रचार गरेको बताए । तर गाउँपालिकाले जानकारी नभएको प्रतिक्रिया दिएका छन् । हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले समिक्षाको बिषयमा जानकारी नभएको प्रतिक्रिया दिए । यता सिँजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बार्षिक समिक्षा बिषयमा पत्र र टेलिफोन कुनै नभएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थानीय तहले गिट्टी वालुवा रोक्न अनुरोध गरेको भएपनि नरोकिएको बताउनुभयो । उहाँले अवैध रुपमा संचालित क्रसर मेशिनका लागि रविलामिछाने गृहमन्त्री हुदा रोक्न आएपनि पछि सरकार पछि हटेको बताउनुभयो । उहाँले सवै वेथिति रोक्नका लागि सवै मिलेर गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले कार्यालयमा आउने कार्यक्रम छनौटमा स्थानीय सरकारको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो ।

समिक्षा कार्यक्रममा उपस्थित सरकारी कार्यालय तथा गैरसरकारी निकायले गरेका कामको प्रगति प्रस्तुत गरेका छन् । सड्क डिभिजन कार्यालय , पशुसेवा तथा पशुअस्पताल जुम्ला, प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोजन कार्यालय, उद्योग उपभोक्ता हित संरक्षण कार्यालय, कृषि अनुसन्धान कार्यालय, सामाजिक विकास कार्यालय, चन्दननाथ नगरपालिका, पेश नेपाल, किडार्क नेपाल सहितका सरकारी तथा गैरसकारी निकायले आफ्नो प्रगति प्रस्तुत गरेका छन् । पत्रकारहरुले प्रस्तुति गर्ने कार्यालयहरुलाई जिज्ञासा राखेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्