OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८१सुर्खेत
९० पटक

४ भदौ २०८१, मंगलबार

‘पर्वतीय क्षेत्रमा विपद् उत्थानशीलताका लागि मानवीय सहायतादेखि उत्थानशील संरचना र प्रणाली निर्माणमा पुनर्विचार’लाई आधार बनाउँदै दशबुँदे विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ ।

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा सुर्खेत वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको ‘विश्व मानवीयता दिवस–२०२४’ सम्बन्धी राष्ट्रिय सम्मेलनबाट आज ‘दशबुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको हो । घोषणापत्रमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनासम्मका कामहरुमा संकटसन्न समुहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संघ, प्रदेश, स्थानीय सरकार र साझेदारहरुबीच नीतिगत र कार्यान्वयत तहको समन्वय एवं सहकार्य गर्ने कुरामा प्रतिवद्धता व्यक्त गरिएको छ ।

त्यस्तै, २०७२ को गोरखाको बारपाकदेखि २०८० को जाजरकोट बारेकोट भूकम्प यात्रा प्रतिकार्यका लागि पूर्वतयारी, मानवीय सहायतादेखि उत्थानशील, पुनःनिर्माण र पुनर्लाभसम्मको अमूल्य सिकाई भएको तथा यसमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा एकद्धार प्रणालीमार्फत विकास साझेदारहरुसँगको सहकार्यमा राहत वितरणको प्रभावकारितामा अभिवृद्ध गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपालको खाद्य प्रणालीको आधारशीलाको रुपमा रहेको कृषि क्षेत्रमा विपद्को समयमा उल्लेख्य अवरोध आउने गरेको सन्दर्भमा खाद्य सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहले विपद्को तयारीदेखि प्रतिकार्यसम्मका लागि खाद्य सुरक्षा र जीविकोपार्जन पुनस्र्थापनाका योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने र स्थानीयस्तरमा खाद्य सुरक्षा र पोषणको विषय चुनौतिपूर्ण बनेकाले रैथानेबाली प्रवद्र्धनमा जोड दिँदै कृषिमा हुन सक्ने जोखिमको क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उल्लेख छ ।

जलवायु परिवर्तनका कारण चुनौतिपूर्ण बनेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको कार्यमा सबै संस्थाहरुको नीतिगत, संस्थागत र कार्यक्रमगत सहकार्य र साझेदारी आवश्यक भएको ठहर गर्दै नेपाल जस्तो पर्वतीय र भूपरिवेष्ठित मुलुकमा जलवायु परिवर्तन हुन सक्ने हानी नोक्सानीको क्षतिपूर्तिका लागि जोखिमको अध्ययनका साथै तथ्याङ्क प्रणालीलाई बलियो बनाउँदै अन्तर्राष्ट्रिय जगत्मा सशक्त आवाज उठाउनेलगायतका दश बुँदाहरु घोषणापत्रमा समावेश गरिएको छ ।

विपद् जोखिमका क्षेत्रमा राज्यको पूर्वतयारी पर्याप्त नभएकोले यसमा सबै क्षेत्रको समन्वय, सहकार्य र सहभागिता आवश्यक ठानी ‘दशबुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । जोखिममा काम गर्नेलाई सम्मान, सुरक्षा र पुरस्कृत गर्ने मार्गनिर्देशन निर्माण गरिने बताउँदै कार्यकारी प्रमुख पोखरेलले कर्णाली प्रदेशको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले प्राविधिक काम गर्न आन्तरिक मन्त्रालयसँग छलफलसमेत गरेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्