OnlinePana

आज : २०८१ मंसिर १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २१, २०८१ सुर्खेत
५५ पटक

२१ साउन २०८१, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरु गरिएका काम सम्पन्न गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको २६औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काम हुँदैछ भन्ने भाष्यको अन्त्य गरी थालिएका काम सकिएको विवरण दिने गरी अगाडि बढ्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “व्यवस्था बदलियो । संविधान निर्माण भयो । हाम्रो संविधान राम्रो हुँदा पनि नागरिक प्रत्याभूति भएको देखिदैन । यसतर्फ ध्यान दिनुपर्छ ।”

कर्णालीमा जनशक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्नतर्फ सरकारको ध्यान गएको जनाउँदै उहाँले प्रदेश लोकसेवा आयोगबाट जनशक्ति व्यवस्थापन गर्न सरकारले विशेष सहजीकरण गर्ने बताउनुभयो । काम गर्नेहरुले मुद्दा खेप्नुपर्ने अवस्था आउन नदिने बताउँदै तोकिएको काम पुरा नगर्नेलाई जिम्मेवारी दिने तर मूल्याङ्कनको परिपार्टीलाई व्यवस्थित बनाएर लैजाने पद्धति बसाल्ने र अब काम गर्दा समयमै भुक्तानी हुन्छ भन्ने मानक तयार गर्ने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “कानूनी र नीतिगत प्रबन्धमार्फत आगामी योजना बनाइनेछ । व्यवस्थित र पारदर्शी योजना छनोट गर्ने पद्धति बसालिनेछ । विकास र समृद्धिका सपनालाई पुरा गर्न आवश्यक कानून निर्माण गरिनेछ ।” संविधानले निर्धारित गरेका अधिकारका विषयमा दुवै तहसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने जनाउनुभएको उहाँले अनियमित विद्युतको समस्या समाधानका लागि कोहलपुर–सुर्खेतको १३२ केभी प्रसारणलाई व्यवस्थित बनाउन सहजीकरण गर्ने बताउनुभयो ।

‘बैंक खाता छोरीको सुरक्षा जीवन भरी’को भन्ने सरकारको कायक्रमलाई नवीनतम् ढंगले अगाडि बढाउने, बिगतका योजनाबाट प्राप्त प्रतिफलमाथि समीक्षा, विकास नागरिकका लागि हो भन्ने बुझाई निर्माण, विकासको माग मन्त्रालयमा नभई स्थानीय निकायमा जाने संस्कृतिको विकास र प्रदेश रणनीतिक महत्वका ठूला आयोजनाका लागि संघीय सरकार तथा केन्द्रीय नेतृत्वसँग आवश्यक समन्वय र सहकार्य गर्ने उहाँको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्