OnlinePana

आज : २०८३ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १६, २०८०सुर्खेत
३०३ पटक

१६ चैत २०८०, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीमा तीन महिने विशेष अभियान सुरु गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज ‘पत्रकार भेटघाट’मार्फत् रास्वपाले तीन महिने विशेष अभियान कार्यक्रम सार्वजनिक गरेको हो । अभियानबारे जानकारी दिँदै रास्वपा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले भोलिदेखि कर्णालीमा पार्टीको तीन महिने विशेष अभियान सुरु हुने र मौजुदा संगठनका सबै समितिहरु बिघटन गरी नयाँ संगठन निर्माणको प्रक्रियामा जाने निर्णय भएको बताउनुभयो ।

सचिव श्रेष्ठले भन्नुभयो, “अभियानको क्रममा कर्णालीका दशवटै जिल्लामा संगठन निर्माण, विस्तार गर्नुका साथै अब्बल जनशक्तिलाई पार्टीमा समावेश गर्नेछौं । अभियानअन्तरगत पार्टीले लिएको ध्येय, लक्ष्य र उद्देश्यबारे जानकारी गराउँदै यसले तर्जुमा गरेका नीति, कार्यक्रम तथा योजना प्रस्तुत हुनेछन् ।” खासगरी कर्णालीको शिक्षा, रोजगारी, पोषण, स्वास्थ्य अवस्थामा माथि उठाउने पार्टीको मुख्य उद्देश्य रहेको उहाँको भनाई थियो ।

उहाँका अनुसार रास्वपा कर्णाली प्रदेशका संयोजक खम्बराज थामीको संयोजनमा अभियानको पहिलो दिन भोलि वीरेन्द्रनगर सुर्खेतमा पार्टीका सहमहामन्त्री बिपिन आचार्य, सांसद सोविता गौतमको सहभागितामा अन्तरक्रिया हुनेछ । तत्पश्चात् जिल्लामा अन्तरक्रियात्मकलगायत विभिन्न कार्यक्रम हुने र अन्त्यमा पार्टी सभापति रवि लामिछानेको सम्बोधनसहित वीरेन्द्रनगर सुर्खेतमा ‘रास्वपा कर्णाली विशेष सभा’ कार्यक्रममार्फत तीन महिने अभियान समापन गरिने सचिव श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्