OnlinePana

आज : २०८३ जेठ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २२, २०८०सुर्खेत
३५४ पटक

२२ फागुन २०८०, मंगलबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष आज सिफारिस भई आए बमोजिम प्रदेश प्रमुख परियारले अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

निमित्त सचिव थानीका अनुसार प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउसो ३ः०० बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गर्नुभएको हो । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्