OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २१, २०८०सुर्खेत
५४९ पटक

२१ पुस २०८०, शनिबार

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कर्णाली प्रदेश समिति अध्यक्षमा देवीकृष्ण पाण्डेय निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट निर्विरोध निर्वाचित पाण्डेयको अध्यक्षतामा १४ सदस्यीय प्रदेश कार्य समिति चयन भएको हो ।

उपाध्यक्षमा सोमन नारायण कौशल, महासचिवमा टेकेशकुमार सुनार, सचिवद्वय हिरालाल सुनार र नरेशकुमार र कोषाध्यक्षमा जगतकुमार विश्वकर्मा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।

त्यसैगरी, सदस्यहरुमा कुमार विश्वकर्मा, कोमलसिंह विश्वकर्मा, अनिपाल पाण्डेय, कविराज न्यौपाने, दिलराम सुनार, धनबहादुर सुनार, विशाल सुनार र खगेन्द्र सुनार चयन भएको उहाँले जनाउनुभयो । उक्त कार्य समितिको पदावधि तीन वर्षको हुनेछ ।

त्यस्तै, कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघको १७ सदस्यीय जिल्ला कार्य समिति पनि शनिबार नै चयन भएको छ । उक्त कार्य समितिको अध्यक्षमा दिनेश घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । बरिष्ठ उपाध्यक्षमा सन्तोष बराईली, प्रथम उपाध्यक्षमा कमल खड्का (जूनी), द्वितिय उपाध्यक्षमा गोविन्द गहतराज, महासचिवमा मदनकुमार सिंह, सचिवमा सुरेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा गणेश गौतम चयन हुनुभएको छ ।

उक्त कार्य समितिको सदस्यहरुमा जंगबहादुर सुनार, झपेन्द्र गहतराज, नरबहादुर सुनार, राजकुमार सुनार, दिपक सुनार, नवीन लोहोनी, बीरबहादुर सुनार (प्रकाश), सुरज विश्वकर्मा र बीरबहादुर सुनार चयन हुनुभएको छ । समितिको कार्यावधि तीन वर्षको हुने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्