OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २८, २०८०सुर्खेत
५७८ पटक

२७ असोज २०८०, शनिबार

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ ।

सुर्खेत वीरेन्द्रनगरस्थित शनिबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद विकासलाई अपरिहार्य शर्तका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी काँग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौ । कस्तो समाजवाद हामीले चाहेको हो । यसको बहस गर्न जरुरी छ ।”

यसको बहसबाट अहिलेको समाजिक अन्तरविरोधलाई हल गर्न सकिने भन्दै उहाँले आर्थिक सम्पन्ता, सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो “जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँग सुख र सामाजिक न्यायसँग खुसी जोडिएको छ ।” कर्णाली प्रदेश सरकार आर्थिक सम्पन्ताका लागि रोजगारी र समाजिक न्यायका लागि जागरणका कार्यक्रम सञ्चालनको तयारी गरिरहेको उहाँले जनाउनुभयो ।

समाजवादी मोर्चा गठन

नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन भएको छ । उक्त मोर्चाको सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गंगा देवकोटा सदस्य रहनुभएको छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला सह–ईञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीका बीचमा एकता जरुरी रहेको र त्यसका लागि मोर्चा गठन गरिएको बताउनुभयो । यता नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकार सुरक्षार्थ एक हुनुको विकल्प नरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्