OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०८०सुर्खेत
१८८ पटक

३ असोज २०८०, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख आवश्यक भएको बताउनुभएको छ ।

कचहरी प्रेस मिडिया प्रा.लि.द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘संविधान कार्यान्वयनमा कर्णालीः उपलब्धि र चुनौति विषयक अन्तरसंवाद’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले दिनै पिच्छे सरकार फेरिने संस्कृति विकास निर्माणको बाधक भएको बताउनुभयो । “यो अवस्थामा मुलुकको समृद्धि र विकासमा निकै ठूलो असर पुर्याएको छ,” उहाँले भन्नुभयो, “तसर्थ हाम्रो जस्तो मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्टप्रमुख चाहिएको छ ।”

स्थायी सरकारबाट मात्र दीगो विकास हुन सक्ने बताउनुभएका उहाँले साधन स्रोतको हिसाबले सम्पन्न हुँदा पनि पछाडि पारिएको कर्णालीले क्षतिपूर्तिसहितको बजेट पाउनुपर्छ भन्ने आवाज उठाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री शर्माले भन्नुभो, “कर्णालीको आजको विकासको उपज संघीयता हो । सबै कुरा हुन नसकेपनि कर्णाली हिजो भन्दा माथि उठेको छ ।” प्रदेश निर्माणका लागि सबैको सकरात्मक चिन्तन र सोच जरुरी रहेको बताउनुभएका उहाँले आजै कचहरी प्रेस क्लबको उद्घाटन गर्दै सफलताको शुभकामना दिनुभयो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले कर्णाली विकासका लागि राजनीतिक सम्मेलन आवश्यक भएको बताउनुभयो । कर्णाली प्रदेश सरकार मन्त्री उत्पादन गर्ने कारखाना बनेको व्यंग्य गर्दै गठबन्धन सरकार देश भन्दापनि दिन बिताउन बनेको आरोप लगाउनुभयो । राष्ट्रलाई नै प्रभाव पार्ने स्रोत र मुद्दा कर्णालीमा भएको बताउनुभएका नेता कँडेलले यसको उठानमा सबैको ऐक्यवद्धता आवश्यक भएको औंल्याउनुभयो ।

नेपाली काँग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले बदलिएको व्यवस्थामा जनताको अवस्था अपेक्षित रुपमा बदलिन नसकेको तर्क गर्नुभयो । मुलुकमा राजनीतिक संघीयता आएपनि वित्तिय एवं प्रशासनिक संघीयता आउन नसकेको बताउँदै कर्णाली एवं मुलुक निर्माणमा राजनीतिक दलहरु जिम्मेवार नभए कर्णाली मात्र नभई सिंगो देश नै आर्थिक संकटमा पर्ने अवस्था आईलाग्ने जिकिर गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्