असोज २ गते । नेकपा माओवादीका उपमहासचिव तथा कर्णाली ईन्चार्ज मातृकाप्रसाद यादवले माओवादी रुपान्तरण नेतृृत्व स्तरबाटै हुनुपर्ने बताउनु भएको छ । माओवादी केन्द्रले जुम्लामा आयोजना गरेको रुपान्तरण अभियानको विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रमा क्रममा अव कर्णालीमा माओवादीले ध्यान दिए हरेक जिल्ला एक्लै लडेर जित्ने सम्भावना भएकाले साच्चिकै रुपमान्तरण हुन नेता देखी कार्यकर्ता सम्म सजग हुनुपर्ने बताउनुभयो ।
उहाँले हिजो पार्टी टुक्रा हुदा आफु पनि सफल नभएको र प्रचण्डका गुरु मानिने मोहनवैद्य पनि सफल नभएको बताउदै, माओवादी धार सवै सच्चिएर मिलेर जानुपर्ने वताउनुभयो । उहाँले आफुपनि ७ बर्ष पार्टी वाहिर भएको, विप्लव होस वा कोही पनि टुक्रिदा राम्रो नभएको स्मरण गर्दै नेता हो भने प्रचण्ड र माओवादी मात्रै रहेको समेत बताउनुभयो ।
नेता यादवले पार्टी रुपान्तरण अभियानको क्रममा कर्णाली घुम्दा यहाँ नेता कार्यकर्ताको कमी नभएको तर एकले अर्काको सफलतालाई नस्विकार्यको, कार्यकर्ता समेत विचलित हुने गरेकाले माओवादीले भनेजति जनमत नल्याएको बताउनुभयो । उहाँले सवै जिल्लामा गुठउपगुट हटाउने र सच्चिने पनि रुपान्तरण अभियान भएको बताउदै प्रतिगामीलाई सहयोग गर्ने प्रकारले माओवादी लाग्यो भने स्थिति राम्रो बताउनुभयो । नेता यादवले माओवादीको उर्वरभूमि जुम्लाले राजावादीलाई मत दिन सहिदको रगतले सराप्ने बताउदै अव सच्चिनु पर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार ईतिहास हेर्दै जादा पार्टी टुक्रा हुदा कोही सफल नभएको तर मिल्दा सफल हुदै गएकोमा देखिएको छ । उहाँले जनता ठिक ठाउँमा भएका तर वडा देखी माथिल्लो तहको नेताको व्यवहारका कारण पार्टीले धोका खादै आएको छ । यस्ता बिषयलाई ध्यान नदिईएकाले माओवादीलाई असफलता भईरहेको बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक व्यवस्थाको विरोधीलाई जुम्लाले, अझ पनि माओवादीले भोट हालेर जिताउने काम राम्रो नभएको बताउनुभयो । उहाँले माओवादीले एक पटक गणतान्त्रिक व्यवस्थाका लागि ज्यान गुमाउने सहिद परिवार र घाईते अपांगता भएका व्यक्तिलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले रुपान्तरण अभियानमा एक अर्काविचमा भएका कमीकमजोरी स्विकार्दै एकमत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पहिलो पार्टी रुपान्तरण अभियानमा जुम्लाले उत्कृष्ट काम गरेकोमा धन्यवाद दिनुभयो । उहाँले जुम्ला माओवादी सच्चिएर जानुपर्छ, जिल्लाका ७ वटा स्थानीय तहको निर्वाचन जित्ने देखिएको बताउनुभयो । अध्यक्ष केसीले माओवादीले राजावादीलाई भोट हाल्दा सहिद परिवारले के सोचिरहेका होलान त्यो बिषयमा ध्यान दिन जरुरी रहेको छ । उहाँले केन्द्रीय समिति, प्रदेश समिति, जिल्लाका नेतृत्वमा रहेका व्यक्तिहरुले अझ बढि सच्चिनुपर्ने बताउनुभयो ।
जुम्लामा माओवादीले थालेको ३ महिने अभियानको क्रममा गरिएको समिक्षा कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपान्तरण अभियानको जिल्ला ईन्चार्ज छिमी लामाले जुम्लामा अभियान प्रभावकारी भईरहेको जानकारी गराउदै अझ मिहिनेत गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्र अहिले अभियानको कार्यतालिका अनुसार वडा हुदै गाउँ बस्तिमा रहेको छ । माओवादीले दोस्रो चरणमा पालिका स्तरमा र तेस्रो चरणमा जिल्ला स्तरमा कार्यक्रम गरिने भएको छ । प्रशिक्षण कार्यक्रममा पालिका स्तरमा भईरहेका कामको प्रतिवेदन प्रस्तुत गरिएको छ ।