OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन १, २०८०जुम्ला,
२७८ पटक

असोज १ गते । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरामीलाई फलफुल वितरण गरिएको छ ।
नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रुपान्तरण अभियान अन्तरगत चन्दननाथ नगरपालिका वडा नम्बर २ ले कर्णाली प्रतिष्ठानका ईमरजन्सी सहित विभिन्न वार्डमा भर्ना भएका १०५ बढि विरामीलाई केरा, फ्रुटि सहितका फलफुल वितरण गरिएको छ ।

चाडपर्वमा फजुल खर्च गर्नु भन्दा विरामीलाई फलफुल वितरण राम्रो होला भन्ने उद्देश्यका साथ तिजको अवसरमा विरामीलाई शुभकामना दिनका लागि कार्यक्रम गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ । नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका वडा नम्बर २ का ईन्चार्ज सुरेश भण्डारीका अनुसार प्रतिष्ठानमा १०५ जना विरामीलाई फलफुल वितरण गरिएको हो । यसका साथै कर्णाली मावि अनामनगरका बहिरा वालवालिकाहरुलाई पनि फलफुल वितरण गरिएको छ ।

फलफुल वितरण कार्यक्रममा माओवादी विशेष रुपान्तरण ३ महिने अभियानका जिल्ला ईन्चार्ज छिमी लामा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विरवहादुर कुँवर लगायत स्थानीय तहका अभियान ईन्चार्जहरुको उपस्थिति रहेको थियो । फलफुल वितरण कार्यक्रममा विरामीले मानवीय कामका लागि धन्यवाद ज्ञापन गरेका छन् । कर्णाली प्रतिष्ठानमा उपचार गरिरहनु भएकी मुगु जिल्ला छायानाथ रारा गाउँपालिका झ्यारी गाउँका वालिका बिष्णुमाया बुढाले धन्यवाद दिनुभयो । अस्पतालमा उपचार गरिरहेका जुम्ला सिंजा गाउँपालिका वडा नम्बर १ का सगुने तिरुवाले चाडपर्वमा फाल्तु खर्च भन्दा विरामीलाई फलफुलमा खर्च गरेकोमा माओवादी पार्टीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

फलफुल अभियानमा नेकपा माओवादी केन्द्र चन्दननाथ नगरपालिका २ रुपान्तरण अभियानका सवैटोली सहित जिल्ला स्तरका नेताहरुले विरामीलाई वेड्मा गएर स्वास्थ्य अवस्था बुझ्दै शुभकामना समेत दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्