जिल्ला सहकारी संघ जुम्लाको अध्यक्षमा ऋषिराम पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको छ । जिल्लामा सम्पन्न साधारणसभाबा ऋषिराम पाण्डे सर्वसम्मत चयन हुनु भएको हो ।
सहकारी संघको जिल्लाध्यक्ष पाण्डे सहित नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको नवनिर्वाचित उपाध्यक्षमा जयबहादुर रावत, महासचिवमा भिम कसिंगर, कोषाध्यक्षमा फुलमाया महतारा, सदस्यमा सांमु लामा, पृयादेवी न्यौपाने, विष्णुबहादुर भण्डारी, भानुभक्त न्यौपाने, कमल महत चयन हुनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डे चन्दननाथ सहकारी संस्था लिमिटिेडमा लामो समय देखी नेतृत्व गर्दै आउनु भएको छ । उहाँले सहकारी क्षेत्रलाई थप अगाडि बढाउन आफ्नो भूमिका रहने बताउनुभयो ।
अध्यक्ष पाण्डे कार्यरत चन्दननाथ सहकारी साविक कर्णाली क्षेत्रकै सवैभन्दा ठूलो सहकारीको रुपमा स्थापित भएको छ । चन्दननाथ सहकारीको २४ हजार पाँचसय सेयर सदस्य, रु चार करोड १० लाख सेयर पुजी, वचत रु २४ करोड , लगानीमा रहिरहेको बजेट रु ३९ करोड रहेको रहेको रहेको चन्दननाथ सहकारीमा कार्यरत अध्यक्ष पाण्डे सहकारी आन्दोलनका सफल व्यक्ति पर्दछन् ।