OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २९, २०७७सुर्खेत
६८६ पटक

सुर्खेत । कर्णाली प्रदेश उच्चस्तरीय अनुगमन समितिको बैठकले लकडाउन थप प्रभावकारी गर्ने भएको छ ।
प्रदेश राजधानी सुर्खेतमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा हालसम्म सम्बद्ध निकायले गरेका कार्यसम्पादनका बारेमा समीक्षासहित बैठक सम्पन्न गरेको हो । बैठकमा आजसम्म लकडाउन प्रभावकारी भएको तर थप प्रभावकारिताका लागि सम्बद्ध निकायलाई सक्रिय बनाउने निर्णय गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।
“बैठकमा नेपाली सेनालगायत सबै सुरक्षा निकायका प्रमुख, जिल्ला समन्वय समिति, नगरपालिका, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ र कानून मन्त्रालयका सचिवद्वारा लकडाउन अवधिभरको गतिविधिको अनुगमन प्रतिवेदन प्रस्तुत गरियो,” उहाँले भन्नुभयो, “कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भने लकडाउनको आगामी मोडेल प्रस्तुत गर्नुभयो ।”
त्यस्तै, लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिकासहितलाई सक्रिय बनाउने र घोषित नीति अनुसार कृषि, खाद्यान्नलगायतका आपूर्ति गर्न प्रदेश विपद् व्यवस्थापन केन्द्रसँग आवश्यक समन्वय गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकमा सवारी पास वितरणमा पारदर्शी नभएको गुनासो धेरै उठेको अनुगमन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्