OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३१, २०८०दैलेख
१४९ पटक

३१ जेठ २०८०, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धिको युगमा प्रवेश गरेको बताउनुभएको छ । नेपालले दश हजार मेगावाट विद्युत् बिक्री गर्ने सहमति गर्नुका साथै रणनीतिक गतिविधि अघि बढिसकेको जनाउँदै उहाँले देशले समृद्धिको यात्रा थालेको बताउनुभयो ।

 

दैलेखको दुल्लु नगरपालिका–१२ दह गाउँमा कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भएको जनाउनुभयो ।

म पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना थियो तर, कारण बस् त्यो गर्न सकिएन,” उहाँले भन्नुभयो, “दोस्रो पटक प्रधानमन्त्री हुँदा अपेक्षाकृत तरिकाले काम गर्न सके । तेस्रो पटक आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भएतापनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढ्न दृढ छु ।”

 

मन्त्रिपरिषद्को पहिलो बैठक देखिनै आर्थिक सङ्कट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको उहाँको भनाई छ । अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, “अहिले मान्छेलाई विश्वास लाग्न सक्छ नलाग्न सक्छ तर कुनै दिन ती मान्छेहरुले नै प्रचण्डको बेलामा अर्थतन्त्रमा राम्रो काम भएको रहेछ भन्ने छन् । गर्वका साथ दाशुको प्रतिमा अगाडि प्रतिबद्धता गर्दछु, राष्ट्रको एकता र उन्नतिको लागि समर्पित भएर लाग्छे प्रण गर्दछु ।” प्रधानमन्त्री प्रचण्डले दाहालहरुको उत्पत्ति थलोमा पहिलो पटक पुगेको जनाउनुभयो । यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रुपमा चिनिन्छ ।

उक्त प्रतिमा भने २५ जेठमा काठमाडौँबाट देवघाट, नारायणघाट, गैँडाकोट, चौरमारा, बर्दघाट, दाउन्ने, बुटवल, गोरुसिङ्गे, लमही, दाङ, कोहलपुर, सुर्खेत, दैलेखको डुङ्गेश्वर हुँदै दह गाउँमा पु¥याइएको थियो । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रुपमा विकास गर्न थालिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्