OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २, २०८०
३०१ पटक

जेठ २ गते । जुम्लाको सिंजा गाउँपालिकामा सास्कृतिक खाना महोत्सव सम्पन्न भएको छ । सिंजा गाउँपालिकाको व्यवस्थापन तथा माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा सिंजामा सास्कृतिक खाना महोत्व सम्पन्न गरिएको छ ।

स्थानीय खाना सस्कृतिको प्रवर्धन गरि आयआर्जन सँग जोड्न प्रोत्साहन गर्ने, रैथाने खानाको संरक्षण सहितको उद्देश्यले ऐतिहासिक सिंजा सिंजामा कार्यक्रम आयोजना गरिएको हो ।
सिंजा गाउँपालिकाको नराकोटमा सम्पन्न सास्कृतिक खाना महोत्सव कार्यक्रममा सिंजा गाउँपालकाका ६ वटै वडा, नराकोट वजारको भिन्नै गरी ७ वटा स्टलमा स्थानीय खानाका परिकारहरु सजाईएका थिए ।

पहिलो पटक आफ्ना परम्परागत अर्गानिक खाना बजारमा सजाईएपछि स्थानीय खुशी भएका छन् । उनिहरुले खाना महोत्सवमा अर्गानिक खानाका सजावट मात्रै होईन स्थानीय देउडा, झोडा, चुटकिला प्रदर्शन गरेर खानाको प्रचार गरेका छन् ।
खाना महोत्सवमा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले रैथाने खानाको प्रवर्धनका लागि गरिएको कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले रैथाने खाना महोत्सव निरन्तरता गर्दा राम्रो हुने बताउनुभयो । सिंजा गाउँपालिका २ का अध्यक्ष तिर्थ वडले यस्ता कार्यक्रममा स्थानीय सरकारले पनि प्रथामिकता दिने बताउनुभयो ।

माक्र्सवादी ज्ञान केन्द्रका बरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा सस्कृति प्रवर्धन कार्यक्रमका संयोजक तथा ज्ञान केन्द्रका सल्लाहाकार संयोजक डाक्टर निमानन्द रिजालले रैथाने खानाको संरक्षण गरि आर्थिक आयआर्जनमा बृद्धि गर्न आजको आवश्यकता रहेको बताउनुभयो । सास्कृतिक महोत्सवमा स्थानीय राजनैतिकदल, अगुवाले आफ्नो धारणा राखेका छन् । उनिहरुले सास्कृतिक महोत्सवले यहाँको रैथाने खाना बजारमा ल्याउने र विक्री गर्ने काममा जोड दिनुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु मकैका परिकार, खरायो मासु समेत स्टलमा राखिएका थिए । सास्कृतिक महोत्सवको सहजिकरण माक्र्सवादी ज्ञानकेन्द्र कर्णालीका अध्यक्ष जयशंकर धितालले गर्नु भएको थियो भने सिंजामा भब्य कार्यक्रम गरेर अर्गानिक खाना सहित सास्कृति महोत्सव गर्न सहयोग गर्ने सहभागी सवैलाई माक्र्सवादी ज्ञान केन्द्रका सचिव हुमनाथ न्यौपानेले धन्यवाद ज्ञापन दिनुभयो ।

माक्सैवादी केन्द्रले जुम्ला सिंजाको सिंजा सहित ७ वटा प्रदेशका १० वटा स्थानमा सास्कृतिक खाना महोत्सव सम्पन्न गरेको सचिव न्यौपानेले जानकारी दिनुभयो । यसका साथै सिंजा गाउँपालिकाले हरेक महिनाको १ गते हाटबजार कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्