OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ५, २०७९जुम्ला,
२४४ पटक

चैत ५ गते । जुम्ला बहुमुखी क्याम्पसमा स्ववियू मतदान शुरू भएकाे छ । निर्वाचन संयाेजक प्रकाश खत्रीका अनुसार विहान ८:१४ मा मतदान शुरू भएकाे छ । जुम्ला क्याम्पसमा ८८२ मतदाता मध्य ५२८ ले मात्र परिचय पत्र लिएका निर्वाचन समितले जनाएकाे छ । निर्वाचन स्थलमा सुरक्षा व्यवस्था कडा गरिएकाे छ । विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेको क्याम्पसमा यतिबेला हुदैछ ।

देशका तीन ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादीका जनवर्गीय संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी सहित राप्रपाकाे राप्रविसंघ, विप्लवकाे अखिल क्रान्तिकारी विप्लव, नेमकिपाकाे नेक्राविसंघ चुनावी मैदानमा छन्।

जुम्ला बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायकाे स्नातक तहमा अध्यापन भइरहेकाे छ ।

उनका अनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको छ। भने क्याम्पसकाे सम्पूर्ण संयन्त्र परिचालन गरिएकाे छ।

प्रतिकृया दिनुहोस्