OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,बैशाख १९, २०७९जुम्ला,
८८४ पटक

वैशाख १९ गते, नेकपा एमाले चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।
जिल्लामा गरिएको पत्रकार भेटघाटमा नगर प्रमुखका उम्मेदवार रोकायाले गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, ईन्जिनियर,वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि बन्दोबस्त गरिने बताईएको छ । घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ ।

एमाले घोषणापत्रमा कक्षा १ देखी १२ कक्षामा अनिवार्य र निशुल्क शिक्षा लागु गरिने भएको छ । न्यून आय भएका वालवालिकाहरुका लागि शैक्षिक राहात कोष स्थापना गरिनेछ ।
घाषणा पत्रमा हरेक वडामा कम्यूटर प्रगोगशाला, वेवि केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागु गरिनेछ । जुम्लाको बस्ति विकासका लागि पाखे चक्रपथको अवधारणा सारिनेछ ।
स्थानीय स्तरमा जैविक ग्यास, वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरवन्दी सहितको व्यवस्था गरिनेछ ।

चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय केन्द्र बनाईने :

यहाँको चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय गन्तब्य बनाउने घोषणपत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो ।

कृषिमा हरेक वडामा ठूलो शित भण्डार स्थापना गरिने । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशिल व्यवसाय गरिने क्षेत्रमा सिँचाईलाई प्रथामिकता दिईनेछ ।
यसैगरी तातोपानी गाउँपालिकामा नेकपा एमाले अध्यक्षका उम्मेदवार सुरतबहादुर शाहीले घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।

उहाँले तातोपानीका सवै गाउँमा सड्क बिस्तार गरिने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिईने, जडिवुटि प्रशोधन केन्द्र स्थापना गरिने, जातीय लैगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने सहितको उल्लेख छ ।

यसैगरी तातोपानीमा एमालेको घोषणापत्रमा एक गाउँ एक उत्पादन र दश उद्यमी निर्माण गरिने उल्लेख छ । वडा स्तरमा क्रमश एकघर एक धारा पानी, सहिद स्मार्क स्थापना, तातोपानी धाराको स्तरबृद्धि तथा लक्षालकृति पैकलाको सालिक निर्माण गरिने, जुम्ला– जाजरकोट जोड्ने त्रिवेणी टोप्ला हुदै जाजरकोटको सड्क बिस्तार गरिने उल्लेख छ । यसैगरी एमालेले कनकासुन्दरी गाउँपालिका र तिला गाउँपालिकाको समेत घोषणापत्र सार्वजनिक गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्