OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई ,भाद्र ४, २०७८जुम्ला,
७५९ पटक

२०७८ भदौ ५ गते,

जुम्लाका स्थानीय तहमा परीक्षण दायरा बढाउन थालिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिले कोरानाको दायरा बढाउन पुन परीक्षण् शुरु गरेको छ । यहाँको हिमा गाउँपालिकामा शुक्रवार ८२ जनाको कोरोना परीक्षण गर्नुका साथै मास्क बैंक समेत स्थापना गरेको छ । परीक्षण गरिएका सवैको नतिजा नेगेटिभ आएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, सुरक्षा जुम्ला सरोकारवाला निकायहरुले स्थानीय तहमै पुगेर पुन परीक्षण अभिायन शुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार नागरिकको अवस्था पत्ता लगाउन परीक्षण गरिएको हो । पछिल्लो समयमा कोभिड १९ को अवस्था पत्ता लगाउन तथा तेस्रो तहको कोभिडको रोकथामका लागि रणनिति तयार पार्न स्थानीय तहमा पुन परीक्षण शुरुवात गरिएको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सापकोटाका अनुसार हिमा गाउँपालिकामा जिल्ला कोभिड व्यस्थापन समिति गएर परीक्षण शुरुवात गर्नुका साथै मास्क बैंक पनि स्थापना गरिएको छ ।
यस अघि सदरमुकाममा मास्क बैंक स्थापना गर्नुका साथै सिञ्जा गाउँपालिकामा ५० जना र चन्दननाथ नगरपालिकामा ३६ जनाको परीक्षण गरिएको थियो । जिल्ला कोभिड व्यवस्थापन समितिले परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । यसैगरी तातोपानी र गुठिचौर गाउँपालिकामा समेत पछिल्लो पटक परीक्षण दायर बढाईएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जिल्लाको समग्र अवस्था के छ भन्ने बिषयमा स्थानीय तहमा परीक्षण बढाईएको बताउनुभयो । उहाँले तेस्रो भेरियन्टको तयारी गर्नुपर्ने भएकाले जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी दिनुभयो । ८२ जनाको परीक्षण गर्दा सवै नेगेटिभ आउनु राम्रो नतिजा भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सवारी साधनमा मास्क लगाए नलगाएको अनुगम समेत गरिएको छ । स्थानीय प्रशासनले सवारी साधनमा भौतिक दुरी कायमको अवस्था तथा मास्क प्रयोग गरिएको तथा नगरिएको बिषयमा अवलोकन गरेको हो ।
प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार मास्क लगाए नलागएको बिषयमा सवारी साधनमा समेत जाँच गर्न थालिएको छ । उहाँका अनुसार मास्क नलगाउनेलाई सूझाव समेत दिईएको छ ।

प्रतिकृया दिनुहोस्