OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
१०२७ पटक

३१ साउन २०७८ आईतबार

एजेन्सी : तालिबान लडाकूहरूले अफगानिस्तानका उच्च सैनिक अधिकृत तथा अमेरिकाका निकट साझेदार अब्दुल राशिद दोस्तमको घरमा मोजमस्ती गरेको भिडियो सार्वजनिक गरेका छन् ।

अफगान सेना किन यति कमजोर भएर तालिबानसमक्ष आत्मसमर्पण गरेको भन्ने कुरालाई दोस्तमको विलासी घरले राम्ररी देखाएको विश्लेषकहरू बताउँछन् ।

मजार(ए(शरीफमा रहेको दोस्तमको विलासी घरको भित्री भाग हेर्दा सेनाका उच्च अधिकृतहरू भ्रष्टाचारको रकमबाट मोज गर्ने अनि तल्लो दर्जाका जवानहरू युद्धमा खटिन बाध्य हुने स्पष्ट भएको छ ।

तालिबान लडाकूहरूले शनिवार मजार ए शरीफमा कब्जा गरेसँगै दोस्तमको घरमा प्रवेश गरेका हुन् ।

दोस्तम युद्धसरदार हुन् र उनले अमेरिकी समर्थनमा रहेको नर्दन अलायन्सलाई सहयोग गरेका थिए । तालिबान आक्रमणबाट मजार(ए(शरीफलाई जोगाउने फुर्ती उनले लगाएका थिए ।

तर सरकारी सुरक्षाफौजले एकछिनको लडाइँपछि हतियार आत्मसर्मपण गरेपछि दोस्तम शहर छोडेर भागे । उनीसँगै बल्ख प्रान्तका गभर्नर अत्ता मोहम्मद नूर पनि भागे ।

 

प्रतिकृया दिनुहोस्