OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २१, २०७८जुम्ला,
८०१ पटक

२०७८ साउन २१ गते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई प्रजनन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाले प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कोभिड १९ को दोस्रो लहरको महामारीको अवस्थामा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको लागि प्रजनन स्वास्थ्य सम्व्न्धि उपचारका लागि संयुक्त राष्टसंघ जनसख्याकोष ९ग्ल्ँएब्०को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले सामाग्री हतान्तरण गरेको रेडक्रस जुम्लाका मन्त्री ईन्द्रराज डाँगीले जानकारी दिनुभयो ।

रेडक्रस जुम्ला शाखाका सभापति लोक दर्शन श्रेष्ठले प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतलाई एक कार्यक्रमका विच आर एच किट ११ वि ७९ बक्स, किट ९एक बक्स, ८ दुई बक्स र ३ एक बक्स हस्तान्तरण गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटीले विगत लामो समय देखी विपद्मा परेका व्यक्तिहरुको सहयोग गदै आईरहेको र हाल कोभिड १९ को महामारीको अवस्थामा स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य सम्वन्धि उपचार गर्न सहजता ल्याउनका लागि हामिले संयुक्त राष्टसघिय जनसख्याकोष तथा स्वास्थ्य सेवा विभाग संगको समन्वयमा हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु १० लाख बरावरको औषधितथा सामग्रीहरु हस्तान्तरण गरिको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिड १९ को महामारीबाट विश्व नै आक्रान्तभएको अवस्थामा नेपाल रेडक्रस सोसाइटी जुम्लाले प्रतिष्ठानलाई उपलब्ध गराएको औषधि तथा समग्रीहरुले प्रतिष्ठानमा उपचारार्थ आउने प्रजनन् स्वास्थ सम्बन्धिका बिरामीहरुका लागि राहत पुग्ने रजिष्ट्रार नृपेन्द्र महतले जानकारी दिनुभयो । रेडक्रसले अव ब्लड बैंकलाई समेत सुचारु गर्ने सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्