OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

परीक्षा दिने दिलाउने दुवै पक्राउ

रु.सात लाख बराबरको अवैध मालसामान बरामद

कोरपाटी संवाददातासाउन १६, २०७८सुर्खेत
१०२३ पटक

१६ साउन २०७८, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान (जनपद) पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ ।

गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु.एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका २ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं. ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शंकाष्पद कुराहरु गरेको र लेख्न लगाउँदा लेख्न समेत नजान्दा सोधपुछको गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
त्यस क्रममा उनले रु.एक लाख दिएर आफ्नै गाउँका लोबन शाहीलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेको दुवैमाथि ल्याई आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रहरीले ५१ क्यूफिट अवैधको सिसौको काठसहित सुर्खेतबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत भूरेली सडक खण्डस्थित भे.१ त ५११५ नंम्बरको ट्रयाक्टरमा ५१ फिट सिसौको काठ ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले भेरीगंगा नगरपालिका २ सुर्खेतका २६ वर्षीय तीर्थबहादुर सिंजाली मगर र सहचालक भगवतीमाई गाउँपालिका दैलेखका १८ वर्षीय गणेश अधिकारीलाई पक्राउ गरी काठसहितको ट्रयाक्टर जिल्ला वन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाईएको उहाँले बताउनुभयो ।

रु.सात लाख बराबरको अवैध मालसामान बरामद

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले रु.एक लाख ६५ हजार ६५७ को अवैध मालसमान बरामद गरेको छ नेपालगंजबाट सुर्खेत छिन्चुतर्फ आईरहेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा ओसारपसार गरिराखेको अवैध मालसमान शुक्रबार प्रहरीले बरामद गरेको हो । बससहित वीरेन्द्रनगर नगरपालिका.७ सुर्खेत निवासी ३७ वर्षीय बसचालक तुलाराम न्यौपानेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहोलपुर बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै, चितवनबाट सुर्खेततर्फ आउदै गरेको प्रदेश नं.३–०१०२३ च. ७१४२ नम्बरको जीपमा राजश्व छली गरी अवैधरुपमा ल्याईएको रु.दुई लाख ८५७ बराबरको ३९५ थान पिभिसी प्यानलसहित हेटौडा आम भन्ज्याङ ६ मकवानपुर निवासी २४ वर्षीय सवारी चालक रोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसार कार्यालय कोहलपुर बाँकेमा पठाईएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

त्यसैगरी, नेपालगञ्जदेखि सुर्खेततर्फ जाँदै गरेको क.प्र.००२ ख.०१०९ बसमा राजश्व छली गरी अवैधरुपमा ल्याईएको रु.तीन लाख २४ हजार १० को अवैध मालसमान प्रहरीले शुक्रबार नै बरामद गरेको छ । कानुन सम्बतको मूल्य अभिवृद्धि कर उल्लेख गरिएको बिल नभएको अवैध मालसमान आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्