OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ ३१, २०७८जुम्ला
१०६४ पटक

३१ जेठ २०७८, सोमबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले कर्णालीमा आमस१ञ्चार प्रतिष्ठान अगाडि बढ्ने बताउनुभएको छ । उहाँले आमस१ञ्चार प्रतिष्ठानसहित यस पटकको नीति कार्यक्रमले समेटेका विषयको संक्षिप्त जानकारी गराउदै संसदमा प्रतिष्ठान दर्ता भएकाले अगाडि बढ्ने जानकारी दिनुभयो । आमसञ्चार प्रतिष्ठान पूर्व आन्तरिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य नरेश भण्डारीको पालामा विद्ययक संसदनमा दर्ता भएको थियो ।

मन्त्री नेपालीले संघीयता पछि सञ्चार क्षेत्रमा केही परिवर्तन भएको बताउनुभयो । तरपनि धेरै कुरा गर्न बाँकी रहेको भन्दै अहिलेको सरकारको नीति कार्यक्रममा आमसञ्चार प्रतिष्ठान अगाडि बढाईने, पत्रकारहरुको क्षमता अभिवृद्धि बढाउने, स्वास्थ्य बीमा निरन्तरता दिईने, लोक कल्याणकारी विज्ञापनमा पनि जोड दिईएको उहाँले जानकारी दिनुभयो । उहाँले नीतिमा नपरेका केही विषयमा बजेटमा समेत पर्नेमा जोड दिनुभयो ।

मिडिया एक्सन नेपालले पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता विषयमा गरेको भर्चुअल छलफलमा मन्त्री नेपालीले महिला पत्रकारहरुको सहभागिता संख्या बढेको देख्दा खुशी भएको प्रतिक्रिया दिनुभयो। बिस्तारै विवाहपछि पत्रकारिता छोड्ने समस्या कसरी हल गर्ने भन्ने विषयलाई जोड दिनुपर्छ । पारिवारिक र सामाजिक रुपमा छलफल गरेर अगाडि बढ्न आवश्यक रहेको छ, मन्त्री नेपालीले भन्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख यूवराज शर्माले कर्णालीमा पत्रकारिता क्षेत्रको अवस्था बारेमा जानकारी गर्नुभएको थियो । उहाँले विश्वविद्यालयले अहिले स्नाकोत्तर तह सम्मको पढाई शुरु गरिरहेको भन्दै तेस्रो र चौथो समेष्टारमा अनुसान्धनमा जोड दिने बताउनुभयो । प्रमुख शर्माले प्रेस स्वतन्त्रता संविधानले व्यवस्था गरेको भएपनि व्यवहारमा लागु गर्न चुनौति रहेको भन्दै कर्णालीका अहिले पनि धेरै जिल्लामा पत्रिका प्रकाशन हुन सक्ने अवस्था नरहेको बताउनुभयो । प्रकाशन भईरहेका जिल्लामा बत्ती, ईन्टरनेटले समस्या बनाईरहेकोले यस विषयमा जोड दिदै कर्णालीमा पत्रकारिता क्षेत्रमार्फत आर्थिक सामाजिक विषयमा अनुसन्धान आवश्यक रहेको सुझाव दिनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले आचारसंहिता पढेर मात्रै पत्रकारिता गर्दा राम्रो हुने सुझाव दिदै पत्रकारिता क्षेत्र चौथो अंग खासै नभएकोले मिडिया एक्सन नेपालले क्षमता अभिवृद्धिका कार्यक्रम गर्दै आएको जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले कर्णालीमा क्षमता अभिपेद्धिका कार्यक्रम आवश्यक भएको हुँदा सरकारलाई माग समेत गरिएको जानकारी गर्नुभयो । उहाँले सरकार तथा सञ्चारसँग आवद्ध निकायहरुले आचारसंहिताका विषयमा क्षमता अभिवृद्धि कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  भर्चुअल कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला जिल्लामा क्षमता अभिवृद्धिका कार्यक्रमहरु राख्न आवश्यक रहेको सुझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्