OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ २७, २०७८जुम्ला,
७४० पटक

खलङ्गा जेठ २७ गते । तातोपानी गाउँपालिकामा कोरोना संक्रमित बढेपछि आईसुलेशन र कोभिड अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले आईसुलेशनमा धेरै संक्रमित राख्न सफल तातोपानी गाउँपालिकाको कोभिड अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तातोपानीमा ७० जना संक्रमित मध्य हाल गाउँपालिकाले बनाएको आईसुलेशनमा ४७ जना रहेका छन् । गाउँपालिकाकै आईसुलेशनमा मानिसहरु बढि भएपछि हौसला दिन र स्वास्थ्य सामग्री बोकेर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, शशत्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, प्रहरी नायव उपरीक्षक दानबहादुर थापा सहित आईसुलेशन सेन्टरमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
तातोपानी गाउँपालिकाको लाम्रामा रहेको अस्थायी कोभिड अस्पतालमा २० सेट पिपिई, ५० बक्स सर्जिकल मास्क, ५० पिस केएन नाईन्टी फाईभ मास्क, ३० वोतल ५०० एमएलको सेनिटाईजर, ५ गेलेन सेनिटाईजर, ५ पिस आईआरु थर्मोमिटर, ८० पिस फेस सिल्ड, ग्लोव्स १० प्याकेट, सेििनटरी प्याड १० पिस सहितका स्वास्थ्य सामग्री वितरण गरिएका छन् ।

कोभिड संकट व्यवस्थापन समितिले तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवी उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद धिताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संकटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धितालले गाउँपालिकालाई मात्रै स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

गाउँपालिकाले बनाएको आईसुलेशन दुर्गा माध्यामिक विद्यालय लाम्रा र आधारभुत विद्यालय राँकाका संक्रमित व्यक्तिहरु र स्वास्थ्यकर्मीहरुलाई समेत हौसला दिन प्रमुख जिल्ला अधिकारी थापा सहितको डिसिसिएमसीको टिम पुगेर फर्किएको । कोभिड अस्पताललाई सेनिटाईजर प्याड समेत उपलब्ध गराईएको छ ।

४७ जना आईसुलेशनमा :
तातोपानीले आफ्ना नागरिकलाई स्थानीय तहकै आईसुलशेनमा राख्ने गरेको छ । गाउँपालिमा संक्रमित ७० पुगका छन् । तिनिहरु मध्य अहिले पनि ४७ जना गाउँपालिकाको आईसुलेशनमा बसेका उहाँले बताउनुभयो । गाउँपालिकामा यतिधेरै आईसुलेशनमा तातोपानी गाउँपालिका बसाल्न सफल भएको छ । तातोपानी गाउँपालिकामा १०९ जना पिसिआर र १६७ जना एन्टिजन गरी २७६ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य शाखाँले जनाएको छ ।

प्रतिकृया दिनुहोस्