OnlinePana

आज : २०८२ जेठ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १९, २०७८
१४२२ पटक

नेपाल रेडक्रस सोसाईटी जुम्लाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई  दश हजार मास्क र २० सेट पिपिई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेष वहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य ललितजंग शाहीबाट उक्त सामग्री प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तरण गरिएको हो ।

चीन रेडक्रसबाट प्राप्त भएका ३६ हजार मास्क मध्य १० हजार स्थानीय प्रशासन र अन्य स्थानीय तह र अन्य क्षेत्रलाई बितरण गरिने भएको रेडक्रस जुम्लाका मन्त्री इन्द्रराज डाँगीले जानकारी दिनुभयो ।
मन्त्री डाँगीका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा संचालन भई रहेका क्वारेन्टाइन साईटहरुको सहयोगका लागि एकसय परिवार जतिलाई पुग्ने गैर खाद्य सामग्रीहरु समेत नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय संग माग गरिएको  छ ।

रेडक्रस जिल्ला शाखाले विगत १ वर्ष देखी कनकासुन्दरी गाँउपालिका र चन्दननाथ नगरपालिका भित्र लंक्षित गरि कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम संचालन भईरहेको छ । जनचेतना अभिवृद्धि गराउने, कोभिड सम्वन्धि सहि सूचना प्रवाह गर्ने, वाल संरक्षण सम्वन्धि गतिविधि, कन्ट्याकट्रसिङ सहयोग, समुदाय र विद्यालयहरुमा स्वच्छ खानेपानि तथा सरफसाई सम्वन्धि गतिविधिहरु भईरहेको मन्त्री डाँगीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्