OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १९, २०७८जुम्ला,
१३८३ पटक

खलंगा जेठ १९ गते । जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई ७० अक्सिजन सिलिण्डर सहित रु २२ लाख ६४ हजार सात सय २८ रुपिँयाको को स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

वल्र्डभिजन ईन्टरनेश्नल नेपालले साझेदार सस्था किर्डाक नेपालद्धारा ४६ लिटरको ७० वटा अक्सिजन सिलिण्डर,७० वटा पल्स ओक्सिमिटर, ७० वटा थर्मल टेम्पेचर गन, ७० सेट पिपिई, छ प्याकेट सर्जिकल मास्क, ३९ वटा एन नाईन्टी फाईप मास्क, छ वटा हेन्डवास सप र ५ लिटरको २ वटा सेनिटाईजर जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तर गरिएको छ ।

वल्र्डभिजन ईन्टरनेश्नल नेपाल जुम्लाका प्रतिनिधी शुक्रराज गुरुङ र किर्डाक नेपालका जिल्ला संयोजक रेशमबहादुर शाहीले प्रमुख जिल्ला अधिकारी थापालाई उक्त सिलिण्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । वल्र्डभिजनका प्रतिनिधी गुरुङले सामाग्री पढेर सुनाउदै हस्तान्तरण गर्नुभएको थियो ।

सिलिण्डर सहितका स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गैरसरकारी संस्थाहरुलाई एकद्धार प्रणालीबाट अहिले आवश्यक अक्सिजन सहितका सामग्री उपलब्ध गराउन अनुरोध गरे अनुसार वल्र्डभिजन, किर्डाक र रेडक्रसले शुरुवात गरेकोमा धन्यवाद दिदै अक्सिजन सिलण्डिर र स्वास्थ्य सामग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहका कोभिड अस्पताललाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाका क्रियाशिल गैससलाई अहिले अक्सिजन, एन्जिन, पिपिई सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन समन्वय गरिएको छ ।

जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरुलाई पनि पछिल्लो समयमा कोरोना रोकथाम र नियन्त्रणमा ठोस काम गर्न अनुरोध गरेपछि सहयोग शुरु भएको छ । यसका साथै प्लान नेपाल सँग पनि अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन शुरु गरिएको छ । अघिल्लो डिसिसिएमसि ( जिल्ला कोभिड संकट व्यवस्थापन समितिका वैठकमा जिल्लामा अक्सिजन आवश्यक पर्ने भएकाले गैससलाई समेत लगानी गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्