OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०७८ जुम्ला
११२३ पटक

खलंगा जेठ १८ गते । तातोपानी गाउँपालिकाको वडा नम्बर ६ रावतवाडा गाउँमा दुई दर्जन बढि मानिसहरु बिरामी परेको खबर पाएपछि गाउँका २७ जनाको परिक्षण गरिएको छ ।
परिक्षण गरिएका २७ जना मध्य नौ जनालाई कोरोना संक्रमण भएको छ । गाउँमा नौ जना संक्रमित भएका तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु एक सातादेखी बिरामीले थला परेको खबर स्थानीय सरकारलाई जानकारी पाएपछि जिल्ला जनस्वास्थ्य कार्यालय र गाउँपालिको स्वास्थ्य टोलीले एन्टिजन परीक्षण गरिएको जानकारी भएको छ ।

गाउँलेहरुमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी ज्वरो आउने, खाना नरुज्ने, पालतो दिसा हुने लगायतका समस्या लक्षण देखिएपछि विरामी २७ जनाको परीक्षण गरिएको हो ।
तातोपानी गाउँपालिका ६ का वडाध्यक्ष बिशाल खड्काले आफूहरुले गाउँहरुको अवस्थाबारे जानकारी लिई जाँच गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीहरुको टोली गएर अवस्था अध्ययन गरि पिसिआर परीक्षणका लागि तयारी गरिएको स्वास्थ्य संयोजक गुरुप्रसाद चौलगाईले जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआर परिक्षणका लागि नामावली तयार गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस्