OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ १२, २०७८ जुम्ला ।
८१४ पटक

खलंगा जेठ १२ गते । कोरोना संक्रमणका कारण जुम्लाका एक जनाको मृत्यू भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निवासी ५७ बर्षिय एक पुरुषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार जुम्लाका पहिलो विरामीको मृत्यू भएको हो ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रवक्ता डाक्टर रमेश भट्टराईका अनुसार ति पुरुषको वुधवार विहान उपचारको क्रममा मृत्यू भएको छ ।
जुम्लाका पहिलो विरामीको कोरोनाका कारण मृत्यू भएको हो । यस अघि एक दिन अघि मंगलवार मात्रै एक जना तिलागुफा नगरपालिका कालिकोट निवासी ८० बर्षिय ज्येष्ठ नागरिकको मृत्यू भई नेपाली सेनाले दाहसंस्कार गरेको थियो । त्यस्तै अहिले सम्म कालिकोटका २ जना, एक जना सुर्खेत र आज एक जुम्लाका गरि जुम्लामा चार जनाको मृत्यू भएको छ ।

मृत्यूदर बढ्न थालेपछि जुम्लामा त्रास फैलिएको छ । लामो समयदेखी निषेधाआज्ञा गरिएको जुम्लामा १० दिन पुन थपिएको छ । विहान ९ बजे सम्म अत्यावश्यक बस्तु तथा कामका लागि स्थानीय प्रशासनले जिल्ला कोभिड संकट व्यवस्थापनको निर्णयको सुझाव अनुसार लकडाउन गरेको छ । यस अघि औषधी वाहेकका सवै ठप्प सहितको निषेधाज्ञा भएपछि दुध तरकारी, वैंक वित्तिय संस्थाका कामहरुमा प्रभावित भएको बताईएको छ ।

 

 

प्रतिकृया दिनुहोस्