OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगरजेठ ११, २०७८जुम्ला ।
१५६८ पटक

२०७८ जेठ ११ गते गते , कोरोना भाईरस संक्रमणका कारण जुम्लामा उपचारको क्रममा मृत्यू भएका तीन जना व्यक्तिहरुको नेपाली सेनाले दाहासंस्कार गरेको छ ।
नेपाली सेनाले कालिकोट घर भएका दुईजना र सुर्खेत घरभई कालिकोटमा व्यवसाय गर्दै आएका एक जनाको अन्त्यष्टी गरेको नन्दा बक्सगण जुम्लाले जनाएको छ । दुई जनाको चन्दननाथ नगरपालिकाको दानसाँघु, एक जनाको जुम्ला र कालिकोट सिमा नाग्मको तिलानदीमा अन्त्यष्टी गरिएको नन्दाबक्स गणका गणपति दिवाकर रायमाझीले जानकारी दिनुभयो ।

मंगलवार कालिकोट तिलागुफा नगरपालिकाका ८० बर्षिय एक ज्येष्ठ नागरिकको निधन भएपछि पनि दानसाँघुमा अन्त्यष्टी गरिएको नेपाली सेनाले जनाएको छ ।
कोरोना संक्रमणका कारण मृत्यू हुन थालेपछि सेनाले सो जोखिम काम त गरेको छ । तर स्रोत साधन जुटन भने केही कठिन भएको छ । अन्त्यष्टीका लागि दाउरा सहितका सामानहरु समेत जुटाउन कठिन भएको बताईएको छ ।

तीनवटा शवका लागि डिभिजन वन कार्यालय जुम्लाले दाउरा उपलब्ध गराएको उहाँको भनाई छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जिल्ला वाहिरका विरामी पनि आउने भएकाले यदि मृत्यू भईहालेमा शव स्थान के गर्ने भन्दै नेपाली सेनाले केही दिन अगाडि जिल्ला कोभिड संकट व्यवस्थापन समितिलको वैठकमा लिखित पत्र दिएपछि समितिले जिल्ला भित्रका सम्वन्धीत स्थानीय तहमा र जिल्ला वाहिरका कसैको मृत्यू भएमा चन्दननाथ नगरपालिकाको दानसाँघु र वडा नम्बर ९ को उमगाडमा शव स्थान तोकेको थियो । हाल सम्म सेनाले जलाएरै अन्त्यष्टी गरेको छ ।


तीन सुरक्षा निकायको समन्वय :
शव व्यवस्थापनमा तिनैवटा सुरक्षा निकायहरुको समन्वय भने भईरहेको छ । सो शव व्यवस्थापनमा नेपाली सेना सहित शशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले समेत सहयोग पुरयाएको सेनाले जनाएको छ । शशस्त्र प्रहरीले आफ्नो जनशक्ति र नेपाल प्रहरीले पनि जनशक्ति परिचालन गरेको छ । तर शव जलाउनका लागि दाउराको समस्या भईरहेको छ । यस्तो घटनामा नत आफन्त हुन्छन् । स्थानीय तहको समेत सहयोग आवश्यकता देखिएको बताईको छ ।

चार जनाको शव व्यवस्थापन टिम :
नेपाली सेनाले दुई जनाको शव व्यवस्थापन टिम बनाएको छ । टोलीले अन्त्यष्टी गरिसकेपछि आईसुलेशनमा बस्ने गरेको नेपाली सेनाले जनाएको छ । गणपति रायमाझीका अनुसार उनिहरु चढ्ने भिन्नै गाडि गरिएको छ । टिमलाई पुरै सेनिटाईज गर्ने गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले आवश्यक स्वास्थ्य सामग्री जुटाईदिएको सेनाले जनाएको छ ।
तस्बिर : सवै अमृत बुढाथोकी मगर

 

प्रतिकृया दिनुहोस्