OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ६, २०७८
८६३ पटक

जेठ ६ गते । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य शिक्षाका प्राध्यापक तथा विद्यार्थीहरु समेत परिचालन हुनुपर्नेमा जोड दिईएको छ ।
नेपाल स्वास्थ्य शिक्षा संघले आयोजना गरेको भर्चुअल वैठकमा महामारीको समयमा अध्ययन र अध्यापन मात्रै नगराई यो क्षेत्रका जनशक्तिले काम गर्न आवश्यक रहेको भन्दै आ आफ्नो क्षेत्रबाट गर्न सकिने काममा जुटन सूझाव दिईएको हो ।

कर्णालीवासी स्वास्थ्य शिक्षाका जनशक्तिहरु विचमा संकटको घडिमा के सहयोग गर्न सकिन्छ आवश्यकता पहिचान गरि काम गर्नुपर्नेमा छलफल भएको त्रिभुवन विश्व विद्यालय स्वास्थ्य शिक्षा केन्द्रीय क्याम्पसका उपप्रध्यापक शान्ति प्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा कर्णालीका स्वास्थ्य शिक्षामा आवद्ध  प्राध्यापक र विद्यार्थीहरुलाई सूझाव मागेर सोही अनुसार अर्को वैठकमा अगाडि बढ्नेगरी तयारीको छलफल भएको छ ।
छलफलमा नारायण क्याम्पस दैलेखका क्याम्पस प्रमुख नरबहादुर शाही सहित विभिन्नले सुझाव दिनुभएको छ । सहभागिहले कोरोना संक्रमति व्यक्तिहरुको अनुभवको अनुसन्धान, कर्णाली क्षेत्रमा देखिएको कोरोनको प्रकारका बिषयमा अनुसन्धान, आलेख, प्राज्ञिक कार्यक्रम सहित आगामी दिनमा नितिगत क्षेत्रका योजना सहितका विभिन्न बिषयमा काम गर्नुपर्ने सहित बृहत जानकारहरु सँगको भर्चुअल भेला सहितका कामहरु गर्न सकिने र सरकारलाई अनुसन्धानको तर्फवाट आवश्यक सहयोग र पैरवि गर्ने बिषयमा जोड दिईने भएको छ ।

प्रतिकृया दिनुहोस्