OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीजेठ ५, २०७८जुम्ला,
१७४५ पटक

खलंगा जेठ ५ गते । जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले पाण्डे र आचार्यलाई जिम्मेवारी दिए सँग उहाँहरुको पदवहाली तथा सपथग्रहण भएको हो ।

अध्यक्ष पाण्डेको सुर्खेतमै सपथ भई अगावै पदवहाली भईसकेको र सदस्य सचिव आचार्यले भने वुधवार सपथ लिनु भएको कार्यालय प्रमुख बरमबहादुर महतले जानकारी दिनुभएको छ । सदस्य सचिव आचार्यलाई खेलकुद विकास समिति जुम्लाका नवनियूक्त अध्यक्ष धनकृष्ण पाण्डेबाट सपथ लिई काम शुरु गर्नुभएको छ । आचार्य कर्णालीमै एक जना महिला सदस्यसचिव नियूक्त हुनुभएको खेलकुद विकास समितिले जनाएको छ ।
अध्यक्ष पाण्डे जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ का स्थायी वासिन्दा हुन भने आचार्यको घर गुठिचौर ५ रहेको छ । अध्यक्ष पाण्डेले खेलकुद क्षेत्रमा पुराना र नयाँ अनुभव भएका सवै व्यक्तिहरु सँग समन्वय गरेर जिल्लाको खेल विकासलाई अगाडि बढाउनेमा जोड दिनुभयो ।

सदस्य सचिव आचार्यले कर्णाली सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने र जुम्लाको खेल क्षेत्रको बढ्वाको लागि सवैको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो ।
कोरोना प्रभावका कारण भने यो बर्ष राष्ट्रपति रनिङशिल्ड देखी धेरै क्रियाकलाप गर्न नसकिएको खेलकुद विकास समितिले जनाएको छ । खेलकुदले अव स्थानीय सरकार सँग पनि समन्वय गरेर खेल क्षेत्रको बढ्वा दिन अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्