

खलंगा जेठ २ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना संक्रमणबाट विरामी भएका कालिकोटका एक विरामीको मृत्यू भएको छ । कोरोनका कारण हाल सम्म मृत्यू नभएको प्रतिष्ठानमा पहिलो मृत्यू भएको हो ।
हाल सम्म मृत्यू नबेहोरेको प्रतिष्ठानमा आईसियूमा रहेका कालिकोट तिलागुफा गाउँपालिका १ निवासी एक जनाको मृत्यू भएको जिल्ला जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक नविनथापा मगरका अनुसार कालिकोट जिल्ला तिलागुफा ३ फाईमहादेव निवासी ६७ बर्षिय सिंहबहादुर शाहीको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यू भएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईका अनुसार कर्णाली प्रतिष्ठानमा उहाँ उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित विरामी पहिलो विरामी हुन् ।
कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या २१० जना पुगेको छ । अहिले २७ जना विरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले जानकारी दिनुभयो । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका अर्का विरामीको समेत उपचार भईरहेको बताईएको छ ।
संक्रमित बढेपछि कडाई :
कोरोना संक्रमण बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा कडाई गरेको छ । वैठकको सिफासि अनुसार जिल्ला सुरक्षा समितिको वैठकले जेठ १ गते देखी १० गते सम्म औषधी पसल वाहेक सवै वन्द गरिएको छ । वन्दले जुम्ला सदरमुकाम पुरै सुनसान भएको छ ।
फाईल तस्बिर