OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७८जुम्ला,
९६४ पटक

जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुग्नुभएकाेछ ।  उहाँ तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुग्नु भएकाे हाे ।

उहाँले त्यहाका २९ पुर्णरुपमा क्षति भएका र १५ जना आंशिक क्षति भएका अग्नी पीडितका लागि राहतस्वरुप चामल लिएर गाउँमा पुग्नु भएकाे थियाे । त्यहा एकसय ३० बोरा चामल अग्नी पीडितका लागि राहत बाँडेको नेकपा माअाेवादीका    नेता पुर्णप्रसाद धितालले जानकारि दिनुभयाे ।    राहत लिएर गाउँमा पुगेका सांसद महतले अग्नी पीडितका घर पुनर्निर्माणको लागि पहल भइरहेको जानकारी दिनुुुुुुभएकाे छ।     उहाले भन्नुभयााे‘आगो लागेर बस्ती खरानी हुनु । अन्नपात जलेर सखाप हुनु, निकै दुःखद बिषय हो तर बिचलित नहुनु होला । तपाइको साथमा हामी छौँ ।’

सांसद महतले सांसद विकास कोषको आगामी वर्षको बजेटबाट पुनर्निर्माणका लागि ८० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिवद्दता गर्नु भएकाे छ ।    हातमाहात मिलाउने समय हो । सबै राहत तथा उद्वारमा जुटौँ ।’

जनयुद्धका समयमा तपाईको घरमा बसेका थियौँ । तितोमिठो जे छ खाएका थियौँ । यो कदापी बिर्सदैनौँ,उहाले भन्नुभयाे,‘तर राहतमा राजनीति गर्दैनौँ ।’

नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले यहाँका अग्नी पीडित सबैको मानसपटलमा रहेको बताउनुभयाे । उहाँले ‘मुल्ली बस्ती आगोले नष्ट हुनु सबैको लागि दुःखको कुरा हो । मुल्ली बस्ती उतिबेला खेलेको बसेको र जोगिएको भूमि हो । तपाईहरुको दुःखमा साथमा छौँ भनेर आएका छौँ । यो पटक सानो सहयोग ल्याएर आएका छौँ । तपाईहरुले बिगतमा गरेको सहयोग कहिले तिर्न सक्ने छैनौँ ।’

‘हिमा, तातोपानी र गुठिचौर गाउँपालिकाले एक एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । आन्तरिक रुपमा राहत संकलन गरिरहेका छौँ ।’  पार्टी अध्यक्ष कुँवरले जानकारि दिनुभयाे ।

‘हामी राजनीति गर्न खोजिरहेका छैनौँ । ढिपु गाउँसंग माया र भावना जोडिएको छ । तपाईको काखामा सुत्यौँ । निरन्तर साथमा छौँ । मन दुखेको बेला निस्वार्थ भावनाका साथ सहयोग गर्नुपर्छ । जब दुख हुन्छ सहानुभूति दिने हो । राजनीति गर्ने होइन,’ अध्यक्ष कुँवरकाे भनाई छ ।

पूर्व राज्यमन्त्री नेकपा कर्णाली प्रदेश सदस्य गोमा कुँवरले अग्नी पीडितका तत्कालीन समस्या हल गर्न सबै लागेको बताउनुभयाे । हामीलाई राहत र सुविधा चाहिएको छ । सरकारले हेरेको छैन भन्ने गुनासो गर्नु भएन । तत्कालीन खानपिन र संरचना निर्माण गर्ने हो ।

अग्नि  पिडित गाउँमा सांसद गजेन्द्रबहादुर महतसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवर, नेकपा कर्णाली प्रदेश सदस्य पूर्व राज्यमन्त्री गोमा कुँवर, पुर्णप्रसाद धिताल र तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा लगायतका जनप्रतिनिधिको सहभागिता थियाे ।

प्रतिकृया दिनुहोस्