OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख १४, २०७८जुम्ला,
१६९८ पटक

वैशाख १४ गते । कोरोना भाईरस बढेपछि जुम्लाका शैक्षिक संस्थाहरु अर्को निर्णय नहुदा सम्मका लागि वन्द गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा कोरोना भाईरस रोकथामका लागि जिल्लामा बसेको डिसिसिएमसिको वैठकले वैशाख १५ गते देखी अर्को निर्णय नहुन्जेल सम्मका लागि सरकारी र निजी विद्यालय, कलेज, टयूशन सेन्टर समेत वन्द गर्नुपर्ने निर्णय गरिएको हो ।

यसैगरी जिल्ला वाहिरबाट भित्रिने नागरिकहरुका लागि जुम्ला र कालिकोटको नाग्म र जुम्ला बिमानस्थलमा हेल्प डेक्स राख्ने जनशक्ति जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा खटाउने, जिल्ला बाहिरबाट आउने र जाने मानिसहरुको लगत राख्न गाउँपालिकाले फोकल व्यक्ति तोकेर वैशाख १८ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दाराम चौलगाईले जानकारी दिनुभयो ।

जुम्लामा तीन जना संक्रमित :
जुम्लामा तीन जनालाई संक्रमण भएको बताईएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार तीन जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा २१ जना व्यक्तिमा परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको हो ।

प्राविधिक शिक्षालयका विद्यार्थी विरामी :
कर्णाली प्राविधिक शिक्षालयका अहिले सम्म ३२ जना विद्यार्थी विरामी परेका छन् । विद्यार्थीहरु दैनिक ज्वरो आउने र सन्चो हुने भएको प्रिन्सिपल टेकेन्द्र थापाले जानकारी दिनुभयो । प्रिन्सिपल थापाका अनुसार ज्वरो आएको भएपनि आत्तिनुपर्ने अवस्था छैन । तर अस्पातल लिएर उपचार गर्ने काम भईरहेको बताउनुभयो । वल्ल वल्ल ठिक ठाउँमा आएको पढाई थला पर्ने देखिन्छ तर कोरोनाको कारण वन्द हुने भएपछि भर्चुअल पढाई शुरु गर्ने तयारी भएकाले अभिभावकले विद्यार्थीलाई भर्चुअल पढाईमा जोड दिन अनुरोध गर्नुभयो । यसका साथै विद्यार्थीलाई धैर्य गर्न अनुरोध गर्नुभयो ।

यसैगरी स्थानीय सरकारले कोभिड रोकथामका बिषयमा आफ्नो योजना तयारी गरि तीन दिन भित्र अर्को वैठकमा पेस गर्ने समेत निर्णय गएिको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
यसैगरी यो कोरोना पहिला भन्दा कठिन भएकाले भयभह अवस्था आउने भएकाले कोभिड भ्यान, शव वाहन समेतको पूर्व तयारी गरिनुपर्ने विज्ञहरुको सूझाव छ । कर्णाली प्रतिष्ठानका निमित्ति अस्पताल निर्देशक डाक्टर राजिव शाहले कोभिड भ्यान भिन्नै निरन्तरता गर्ने बताउनुभयो । डिसिसिएमसिको वैठकमा नन्दवक्स गणका गणपति दिवाकर रायमाझीले कोभिड सववाहनको समेत पुर्व तयारी गर्नुपर्ने अनुरोध गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी चौलागाई सहित जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी, तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही, पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन वोहरा सहित स्थानीय तहका प्रमुख र प्रतिनिधी, सुरक्षा निकाय, नेपाल पत्रकार महासंघ सहित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
यसैगरी कुनैपनि कार्यक्रममा १५ जना बढि सहभागी हुन नपाउने, जथभावी भेला, मास्क, सेनिटाईजर र स्वास्थ्य सुरक्षाका सामग्रीका लागि सरोकारवाला र गैससलाई तयारी गर्न माग गर्ने सहितका निर्णय भएका छन् ।

प्रतिकृया दिनुहोस्