OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०७८
१००७ पटक

 १२ बैशाख २०७८, आईतबार

कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज बिहान ११ः०० बजेबाट शुरु हुँदैछ ।

कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल हुने प्रदेश विकास परिषद्को दोस्रो बैठक तयारी समिति संयोजक तथा आयोगका सदस्य डा.दीपेन्द्र रोकायले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकमा संयोजक डा.रोकायले चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेट सम्बन्धीको कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र त्यसपश्चात् राय सुझाव लिईने तालिका सार्वजनिक गरिएको छ । आयोगका सदस्य योगेन्द्र शाही र दिव्यराज पोखरेलले प्रस्तुत गर्ने परियोजना बैंक र लगानी सम्मेलन तथा सह–लगानीका सम्बन्धमा बैठकमा छलफल गरी परिषद्को मार्गदर्शन लिइने जनाईएको छ ।

प्रदेश विकास परिषद्को दोस्रो बैठक आयोजना तयारी व्यवस्थापन समिति, २०७८ को लागि यही वैशाख ६ गते बसेको बैठकले निर्देशक समिति, सचिवालय, सूचना, सञ्चार तथा जनसम्पर्क समिति, बैठकस्थलको व्यवस्थापन र शिष्टाचार समिति, वित्त तथा लजिष्टिक व्यवस्थान समिति र प्रतिवेदन समिति निर्माण गरेबमोजिम बैठकको आयोजना भएको बताईएको छ ।

उक्त बैठकमा सह–अध्यक्षको रुपमा आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले आफ्ने मन्तव्यसहितको बैठकका निर्णयको वाचन गर्नुहुनेछ ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा दलका प्रमुख नेताहरु, समितिका अध्यक्षहरु, आयोगका पदाधिकारीहरु, प्रदेश सचिवहरु, जिल्ला समन्वय प्रमुखहरु, नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षहरु, विभिन्न क्षेत्रबाट मनोनित पाँचजना, कर्णाली विज्ञ समुहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रण गरिएको सयोजक डा.रोकायले बताउनुभयो । उहाँका अनुसार सो बैठक भर्चुअल रुपमा सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस्