OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३, २०७८सुर्खेत
१२१३ पटक

 ३ बैशाख २०७८, शुक्रबार

नेपाली काँग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गरेको छ । आज बसेको प्रदेशसभाको सातौ. अधिवेशनमा बोल्दै कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत हाल्ने बताउनुभयो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभाका सभामुख राजबहादुर शाही समक्ष विश्वासको मतको प्रस्ताव पेश गरेसँगै शुरु भएको छलफलमा भाग लिने क्रममा दलका नेता शाहीले प्रस्तावको पक्षमा मत हाल्ने बताउनुभएको हो ।

“केही बेर अघिसम्म तटस्थ बस्ने विचार थियो । राष्ट्रिय राजनीतिको पनि कुरा छ । तटस्थ बस्नु उपयुक्त भएन । कि त विपक्षमा, कि पक्षमा मत हाल्नैपर्ने भयो,” उहाँले भन्नुभयो, “राष्ट्रिय राजनीतिको अवस्था समेतलाई ख्याल गर्दै प्रस्तावको पक्षमा मत हाल्ने जानकारी दिन चाहान्छौं ।” नेता शाहीले हाम्रो संस्कारमा मतदान, कन्यादान र रक्तदानमा पैसा खान नमिल्ने भएकोले छ जना प्रदेशसभा सदस्यले टक्रक्कै प्रस्तावको पक्षमा मत हाल्ने स्पष्ट गराउनुभयो ।

आफुहरुलाई सत्ताको लोभ नभएको भन्दै उहाँले कमजोरको पक्षमा मत हाल्ने निर्णय गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “हामी छ जनाले मत दिँदा पनि मुख्यमन्त्रीको पक्षमा बहुमत नपुग्ने जान्दाजान्दै पनि विश्वासको मुख्यमन्त्री शाहीको पक्षमा मत दिने निर्णय गरिसकेका छौं । काँग्रेस जहिले पनि कमजोरको पक्षमा बोल्दै आएको छ ।”

प्रतिकृया दिनुहोस्