OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाईचैत्र ५, २०७७जुम्ला ।
४४० पटक

चैत्र ५ गते । बढ्दो लागु औषध न्यूनिकरणको अभियानमा जुम्लामा स्थानीय प्रशासन, प्रहरी सहित सरोकारवाला निकायहरुले अभियान थालिएको छ ।
अहिले लागु औषधमा बढ्दो यूवाहरुको आकर्षण हुने र यूवाहरुको भविश्य माथीनै धराप हुनेगरी जीवन बिताउने भएकाले स्थानीय प्रशासन र प्रहरीको अगुवाईमा जनचेतनामुलक अभियान थालिएको बताईएको छ ।

प्रहरीले पटक पटक विभिन्न मात्रामा लागुऔषध सहित त्या सँग सम्वन्धित व्यक्तिहरुको नियन्त्रण तथा पक्राउ गरिरहेको देखिन्छ। सो तथ्यांक बढेपछि प्रहरीले अव लक्षित क्षेत्रमा जनचेतना अभियान थालेको बताएको छ ।

स्थानीय प्रशासन तथा प्रहरीको आयोजनमा जुम्लाका विद्यालयका विद्यार्थीहरुमा सचेतनामुलक कार्यक्रम शुरु गरिएको छ । मुलुकी अपराध संहिता २०७४ मा भएका नयाँ कानुनी प्रावधान ‘जवरजस्तीकरणी कसुर लगायतका बारेमा कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” विद्यालय स्तरमा तिब्र बनाईने भएको छ । प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा सहज हुने जिल्ला प्रहरी कार्यालय जुम्लाको बुझाई रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी यूवन चौधरीका अनुसार यो बर्षमा लागु औषधका ५ वटा मुद्धामा १९ जना विरुद्ध मुद्धा चलाईएको छ ।

आलगु औषध प्रयोग तथा ओसार पसार बढिरहेकाले आगामी दिनमा लागु औषध न्यूनिकरणमा प्रहरीले यहाँका विद्यालय देखि समुदाय सम्म सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । यस अघि प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ समुदाय, सामाजिक संघ÷संस्था र विद्यालयसँगको साझेदारीमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । अव लागु औषध प्रयोग रोकथाम गर्न सचेतनामुलक कार्यक्रम मार्फत प्रहरीले अपराध रोकथाम, शान्ति सुरक्षा ,जस्ता कार्यको बारेमा प्रशिक्षण दिइएको प्रहरी निरीक्षक युवन चौधरीले जानकारी दिनुभयो ।
जनचेतनाबाट प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । समुदाय साझेदारी कार्यक्रम अभियानमा उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय समेत रहेका प्रहरीले जनाएको छ ।
क्याप्सन ः कर्णाली प्रासवधिक शिक्षालयमा लागु औषध नियन्त्रण जनचेतना कार्यक्रममा विद्यार्थी र शिक्षक तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्