OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २९, २०७७काठमाडौं
१०७८ पटक

फागुन २९ गते । शुरुमा प्रशासनकै शौचालय कसरी बनाउने अभियानमा लाग्यौ, खस भाषाको अडियो शुरु गयौ, तत्कालको आर्थिक स्रोत जुटाएर तल्लोमा कक्षमा ज्येष्ठ नागरिक कक्ष बनायौ, छुईप्रथाको महाअभियान चलायौ ।
सुर्खेतमा ऋति फाउण्डेसनले आयोजना गरेको कर्णाली उत्सवको चौथो दिन कर्णालीमा प्रशासक, कर्णाली प्रशासक नामक सेशनमा जुम्लाका पूर्व प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफु प्रजिअ हुदा भएका केही कामहरु ढुक्क सँग भन्नुभयो ।

जुम्लामा प्रमुख जिल्ला अधिकारी भएर फर्किएका पूर्व प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सहित पश्चिममा कामको अनुभव लिएकाकर्णाली सरकारका पूर्व सचिव (हाल याेजना अायाेग)  केवल भण्डारी, कृष्णबहादुर बिसी र वीरेन्द्रनगर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम खनाल सापकोटा सहितका प्रशासकहरु सँगको वौद्धिक वहश रहेको थियो ।
वहशमा पूर्व प्रजिअ बञ्जाडेले कर्णालीमा कसैले पेलेर भन्दा पनि आफु रुचाएर आएको बताउनुभयो । कुडा कर्णालीको सो शेसनमा सहभागिले गरेको जिज्ञासमा निजामति सेवामा सरुवा सरकारको निकायले गर्ने हो । कतिपय कुरामा आफै पनि गर्नुपर्छ । मैले कर्णालीमा गएर काम गर्न चाहेका थिए । कर्णालीका कथाहरु सुनेको थिए । केही छैन मात्रै भन्ने कथा के हो ? भन्ने सोचपछि काम गर्ने अवसर पाएको बताउनुभयो । पत्रकार शुरबहादुर सिंहले गर्नुभएको प्रश्नको उत्तर दिदै कर्णालीमा सरुवा हुनु सजाय भन्नु सोचनै गलत भएको दावी गर्नुभयो ।

उहाँले पत्रिकाका हेडलाईनले यता तानियो उता तानियो भन्ने समाचार ठिक नभएको बताउनुभयो । जहाँ गएपनि कर्मचारीले काम गर्न सक्छन कर्मचारी हो । पेल्न र पेलाउने भनेको जहाँ गएरपनि काम गर्ने र तलब खाने हो ।

काम गर्ने अवसर दिएमा नभएमा कर्मचारीकै दोष :  सचिव भण्डारी

वहशमा जुम्लावासी डिल्ली उपाध्यायले बर्षनी बजेट खर्च नहुने प्रशासन वा प्रशासकको दोष हो भन्ने जिज्ञासामा कर्णाली सरकारका पूर्व सचिव केवल प्रसाद भण्डारीले दुवैको दोष भएको बताउनुभयो । बर्षेनी समयमा बजेट खर्च गर्न नसक्नु प्रशासकको दोष हो भने प्रयाप्त कर्मचारी उपलब्ध नगराउनु प्रशासनको दोष रहेको छ । पढे लेखेकाले पदमा काम गर्दैनन भने त्यो राम्रो होईन ।

अव नेतृत्वले कर्मचारीलाई काम गर्ने अवसर दिदा दिदै काम नगर्नु कर्मचारीको दोष हो । उहाँले कर्मचारीले राजनितिलाई दोष दिने नेतृत्वले कर्मचारीलाई दोष दिने के हो भन्ने बिषयमा काम गर्ने अवसर दिएमा पनि काम नगर्नु कर्मचारीको दोष हुने बताउनुभयो । हुने र काम गर्न अवसर नदिनु राजनितिको दोष रहेको बताउननु भयो ।

छिटो छरितो सेवा दिनु प्रधान बिषय हो : पूर्व सचिव विसि

पूर्व सचिव कृष्णबहादुर बिसीले कर्मचारीको काम समयमै काम गर्नुपर्छ भन्ने हो । सेवा प्रवाह सजिलो, छरितो प्रधान कुरा हो । जनताको गुनासो यही हो । कुनै उद्देश्यले काममा हुने ढिलाई छ भने यसलाई हटाएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले ७,८ बर्ष पश्चिममा बिताएको बताउनुभयो । जुम्लामा डेडबर्ष, वाजुरामा सवा एक बर्ष, कैलाली , वाँकेमा पनि काम गर्न पाएको थिए । कतिपय स्थानमा स्थानमा पद नहुदा काम गर्ने अवसर नभएको भन्दै नापी विभागको महानिर्देशक हुदा, सरुवाको पिडामा लामो समयमा धेरै कर्मचारी बसेका थिए । फष्ट कम फष्ट प्राईरेटी गरेको थियो । कर्णालीमा काम गर्न उत्सुक व्यक्तिलाई सोही अनुसार काम गर्न अवसर मिलेको जानकारी दिनुभयो ।

राष्ट्रसेवकले २४ घण्टा काम गर्नुपनि पर्छ : प्रशासकीय अधिकृत ढकाल

यसैगरी वीरेन्द्र नगरनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कर्मचारीलाई काम गर्न कानूनले वाधेको हुने भएकाले केही ढिलाई पनि हुन सक्ने तर भ्रष्टचारको मानसिकता मात्रै नभएको दावी गर्नुभयो ।

उहाँले कर्मचारी स्थायी सरकार हो । भन्दै जनता सँग प्रत्यक्ष काम गर्ने सवै नजिकको सरकार भएकाले जनताका अपेक्षा धेरै छन् । शुरुमा कर्मचारी हुनु हुदैन भन्ने सिकाईबाट पनि हामी कम उपस्थित भएका छौ । अहिले २४ घण्टा सरकारको काममा छौ । कोभिडले झन सिकायो । राम्रो काम जनताले मुल्यांकन गरेका होलान तर नराम्रो नगरेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्