OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०७७
२७१६ पटक

जुम्ला १८ फागुन, नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पताल निर्देशक डा.मंगल रावललाई जिम्मेवारी दिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिए पछि सो पद आइतबारदेखि खालीभएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्यामन्त्री हृदयेश त्रिपाठीले डा.रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिमा शिक्षाध्यक्ष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डीनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिईएको बताईएको छ । चार वर्ष अघिदेखि प्रतिष्ठानमा कामगर्दै आउनु भएका हुम्ला निवासी हाडजोर्नी विशेषज्ञ तथा एशोसियएट प्रोफेसर डा.रावल डेढ वर्षदेखि अस्पताल निर्देशकको रुपमाकार्यरत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्