OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १३, २०७७ सुर्खेत
५८१ पटक

१३ फागुन २०७७, बिहीबार

निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिईएको छ ।

नेपाल कानून समाज काठमाडौंद्वारा आज आयोजित ‘निर्वाचनमा राजनैतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफल कार्यक्रममा सहभागीहरुले खर्चिलो चुनाव प्रणालीलाई व्यवस्थित गर्न अनुदान आवश्यक भएको बताएका हुन् । छलफलमा पूर्व कानून सचिव राजुमानसिंह मल्लले राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था, २०७४ को स्थानीय, प्रदेश र संघ भएको खर्च प्रतिवेदनको प्रस्तुति राख्नुभएको थियो ।

आफ्नो प्रस्तुति राख्दै पूर्वसचिव मल्लले भन्नुभयो, “विसं.२०७४ को स्थानीय निर्वाचनमा भएको निर्वाचन खर्च रु.छ अर्ब ६४ करोड, उम्मेदवार र तिनका समर्थकको खर्च रु.पाँच अर्ब नौ करोड, सरकारी खर्च रु.एक अर्ब ८४ करोड, प्रति मत सरदर खर्च रु.चार अर्ब ९२ करोड भएको छ ।” त्यस्तै, प्रदेश र संघीय निर्वाचनमा रु.छ अर्ब २२ करोड, उम्मेदवार र तिनका समर्थकले रु.चार अर्ब ५९ करोड, सरकारी खर्च रु.एक अर्ब ६२ करोड, प्रति मत रु.चार अर्ब चार करोड, उम्मेदवार र तिनका समर्थकहरुको खर्च रु.नौ अर्ब ६९ करोड र सरकारी खर्च रु.तीन अर्ब ४७ खर्च भएको तथ्याङ्क सचिव मल्लले प्रस्तुत गर्नुभयो ।

निर्वाचनमा खर्च बजेट राष्ट्रको विकासमा लगाएको भए त्यसको उपदेयता धेरै राम्रो हुने भन्दै निर्वाचन सम्बन्धी नीतिको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले ०७४ निर्वाचन खर्च अहिलेसम्म महालेखा परीक्षकले लेखापरीक्षण नगरेको बताउनुभयो । उहाँले अनुदान आवश्यक रहेको यद्यपि त्यसको प्रभावकारी कार्यान्वयन नभएसम्म भ्रष्टाचार रोकिने संभावना नरहेको जनाउनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सदस्य ठगेन्द्रप्रकाश पुरीले लेवीबाट मात्र पार्टी नचल्ने भन्दै अनुदानको व्यवस्था नहुँदा सक्रिय राजनीतिज्ञ पछि पर्दै आएको बताउनुभयो । “यसमा राजनीतिक दलले घोत्लिएर सोच्नुपर्ने जरुरी छ,” सदस्य पुरीले भन्नुभयो, “चन्दा सहयोग लिने कार्य बन्द गर्नुपर्दछ ।” यस विषयमा मौजुदा कानून अध्ययन गरेर छलफलबाट आएका सुझाव लिएर स्पष्ट कानून निर्माण अपरिहार्य रहेको जनाउनुभयो ।

भर्चुअल छलफलमा सहभागीले संवैधानिक अंग लोक सेवा आयोग जस्तै निर्वाचन आयोग नेपाल सबैको पहुँचमा नरहेको प्रतिक्रिया दिएका थिए । स्थायी सरकार व्यवस्थापन गर्ने लोकसेवा आयोग र आवधिक सरकार निर्माण गर्ने निर्वाचन आयोग दुवैको भूमिका समानरुपमा रहेको नागरिकलाई प्रत्याभूति गराउनुपर्ने धारणा राखिएको थियो ।

प्रतिकृया दिनुहोस्