OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०७७ सुर्खेत
६७८ पटक

 १ फागुन २०७७, शनिबार

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीलाई अध्यात्मिक चिन्तन गर्न सुझाव दिनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै सचिव पाण्डेले पछिल्लो समयमा मालपोत कार्यालयको सेवा प्रवाहमा देखिएका कमजोरीका कारण नागरिक तहबाट थुप्रै गुनासाहरु आउन थालेको टिप्पणी गर्नुभयो । कर्मचारीहरुलाई उहााले वफादारिताका साथ काम गर्न अनुरोध गर्नुभयो ।

“अध्यात्म चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अंग्रेजी पानीतर्फ लाग्ने होइन,” कर्मचारीप्रति व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला ।”

हामीले आर्जन गरेको सम्पतिले भावी पुस्ता नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिकार्नेगरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पुरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

समीक्षा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड–१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासी खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भिड लाग्दा बढी समस्या भएको जनाउनुभयो । यद्यपि पछिल्लो समयमा केही कमि कमजोरीहरु समेत मालपोत देखिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “मेलै नजिक नियाले, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो । मशुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ ।” हरेकलाई सावधानी अपनाएर काम गर्न उहाँले सचेत गराउनुभयो ।

 

प्रतिकृया दिनुहोस्