OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ २०, २०७७काठमाडौं
११४८ पटक

२०७७ माघ २० गते ।

काठमाण्डौ । सरकारले अगाडि बढाएको भूमि समस्या सामाधान सम्वन्धी आयोगमा जिल्ला जिल्लामा पदाधिकारी समिति नियूक्त गरेको छ । देशका ७७ वटा जिल्लामा अध्यक्ष, विज्ञ र सदस्य गरि २३१ जिल्ला समितिका पदाधिकारी नियूक्त गरेको छ ।

जुम्लामा भने अध्यक्षमा नेकपाका नेता धिरेन्द्रराज गिरी, विज्ञमा सुमन आचार्य र सदस्यमा हंश रोकाया नियुक्त हुनुभएको नेकपा ओली पक्षका केन्द्रीय सदस्य टेकराज पछाईले जानकारी दिनुभयो ।

यस्तो छ कर्णालीका जिल्ला समितिहरु :

अायाेगका अनुसार जुम्लामा गिरी, आचार्य र रोकाया सँगै कर्णालीका अन्य जिल्लामा समेत नियूक्त गरिएका छन् । मुगुमा अध्यक्ष– सोमान छिरिङ लामा, विज्ञ डवलबहादुर रोकाया, सदस्य अशोकलाल बोमी, डोल्पामा अध्यक्ष धनचन्द्र बैजी, विज्ञ सन्तोषबहादुर शाही र सदस्य काली चलाउने नियुक्त भएका छन् ।

कालिकोटमा अध्यक्ष धिरबहादुर बम, विज्ञ रमेश नेपाली, सदस्य राजेन्द्रबहादुर थापा नियूक्त भएका छन् । जाजरकोटमा अध्यक्ष नवराज सिंह, विज्ञ विश्व विक्रम शाह, सदस्य राजेश्वरी सिंह, सल्यानमा अध्यक्ष लोकबहादुर डाँगी, विज्ञ कविराम चन्द, सदस्य कुन्ति बस्नेत नियूक्त भएका छन् । यसैगरी हुम्लामा अध्यक्ष प्रकाशबहादुर सुनार, विज्ञ दुधे भण्डारी, सदस्य यांजु रोकाया नियुक्त भएका छन् । दैलेखमा अध्यक्ष सुर्यबहादुर शाही, विज्ञ तेजबहादुर चन्द, सदस्य तप्तकुमारी खड्का नियूक्त भएका छन् । सुर्खेतमा अध्यक्ष ऐनबहादुर चन्द्ध, विज्ञ डम्बरबहादुर गर्जा मगर, सदस्य नन्दा गुरुङ र रुकुम पश्चिममा नारायण कुमार शाह, विज्ञमा तुलसा मल्ल र सदस्यमा मिश्रीलाल पुन रहेका छन् ।

आयोगको केन्द्रीय अध्यक्षमा भने देवी ज्ञवाली छन् । माघ २४ गते अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सपथग्रहण गर्ने तयारी भईरहेको आयोगले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्