OnlinePana

आज : २०७९ चैत्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७७ जुम्ला
६०४ पटक

१३ माघ २०७७, मंगलबार

तिला गाउँपालिका ७ जुम्ला पोखरीको गोठीवाडामा लागेको आगो अँझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्लाबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद  शर्माको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी आगलागनीस्थलमा पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । घटनास्थलमा यस अघि कुडारी तथा रारा प्रहरी चौकीको टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो ।

“प्रारम्भिक जानकारी अनुसार आज बेलुका ५ः३० बजे लागेको आगोले २५ देखि २८ घर जलेका छन् भन्ने खबर पुगेको छ,” प्रजिअ थापाले भन्नुभयो, “आगो नियन्त्रणमा आईनसकेकोले क्षति कति भयो भन्ने एकिन भएको छैन ।” कुन कारणले आगलागी भएको रहेको भन्ने खुल्न नसकेको उहाँको भनाई थियो । भौगोलिक विकटता र पानीको अभावका कारण प्रहरी तथा स्थानीयहरु आगो नियन्त्रणमा लिन समस्या भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्